Posts

Showing posts from August 20, 2012

गाउँ खाने कथा (Village eating story )

Image
गाउँ खाने कथा (Village eating story ) अपरेसन गर्नु पर्ने इमर्जेन्सी कल आए पछि उनी हतार हतार गरेर अस्पताल आईपुग्छन् । त्यो केस हेर्न सक्ने दक्ष चिकित्सक उनी नै एक थिए । उनी सरासर अपरेसन थिएटर तिर लम्किन्छन् । विरामीका बुबा जस्ता लाग्ने व्यक्ति निकै व्याकुलताका साथ ओहोर दोहोर गरिरहेका थिए । डाक्टर आएको थाहा पाए पछि तिनी बाघझैँ झम्टिन पुग्छन् उनीमाथि, "किन यति ढिला ? तिम्लाई थाहा छैन, मेरो छोरा जीवन र मरणको दोसाँझमा छट्पट्टिरहेको छ ? डाक ्टर भएर अलिकति नि जिम्मेवारीको बोध छैन तिम्लाई ?" उनले विनम्रतापुर्वक जवाफ दिए, "माफ गर्नु होला । म यहाँ थिइन । खबर पाउनासाथ म दौडिएर यहाँ आएको छु । ... कृपया शान्त हुनुस् र मलाई मेरो काम गर्न दिनुस् । " उनको जवाफ भुईँमा खस्न नपाउँदै तिनी बम्किए, "शान्त ??...के तिम्रो आफ्नै छोरा यो रुम भित्र भएको भए तिमी शान्त रहन सक्थ्यौ ? यस्तै ढिलासुस्तिले अहिले तिम्रो छोरा मर्यो भने तिमी के गर्थ्यौ ?" मन्द मुस्कानका साथ उनेले फेरी जवाफ दिए, "म गीताको एउटा सार सम्झिने थिएँ - तिमी के लिएर आएका थियौ र के नै लिएर जानेछौ ।&