Posts

Showing posts from April 26, 2016

भूकम्प पीडितलाई एकमुष्ट राहत नदिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

Image
काठमाण्डाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक महिनाभित्र भूकम्प पीडितलाई एकमुष्ट राहत दिन सरकारसँग माग गरेको छ । नभए आन्दोलनमा उत्रने उसको चेतावनी छ । कांग्रेसका २२ सांसदले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै भूकम्प प्रभावितको राहत र पुनर्निर्माणमा असन्तुष्टि जनाएका छन् । सरकार कहिले ‘पुनर्निर्माणको महाअभियानको थालनी’ त कहिले ‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने नारामै रमाइरहेको कांग्रेसको आरोप छ । ज्ञापन पत्रमा भनिएको छ, ‘अहिले सरकारको काम व्यवहारले भूकम्प पीडितका लागि राहत ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ भने पुनर्निर्माण कुइरोको काग जस्तै भइरहेको छ ।’ कांग्रेसले भूकम्प पीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभइ एक महिनाभित्र एकमुष्ट रुपमा दिन माग गरेको छ । साथै पीडितहरुको पुन प्रमाणीकरणको कार्यलाई स्थगित गरी गत साल गरिएको प्रमाणीकरणलाई नै आधार बनाउनु पर्ने माग गरेको छ । राहत वितरणलाई सरल र सहज बनाउनका लागि ईबैंकिङ प्रणाली अपनाउन र पीडितलाई घरको निःशुल्क नक्सा पासको व्यवस्था गर्न आग्रह गरेको अनलाइनमा खबर छ । कांग्रेसका स