Posts

Showing posts from November 5, 2012

सुनका गहना लगाउनेहरू खाली हात फर्कन बाध्य

अमेरिकी चिकित्सकहरुद्वारा सिरहाको लहानमा सञ्चालित बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन गएका बिरामीलाई फर्काइएको छ । वर्षौंदेखि बिरामी भएपनि उपचार गराउन नसकेका दलित र विपन्नका लागि शिविर सञ्चालन गरिएको भन्दै सुन लगाएका बिरामीलाई फर्काइएको हो । आयोजक समितिका सदस्य राकेश झाकाअनुसार, शिविरमा सुनका गहना लगाएर शल्यक्रिया गराउन आएका २० जना बिरामी शल्यक्रिया नगराई फर्किनुप¥यो । दुवै कान र नाकमा सुनका गहना लगाउनुका साथै रु पाँच हजारभन्दा माथि पर्ने साडी लगाएर शल्यक्रिया गराउन आएकाहरु फर्केर गएको आयोजक समितिका सदस्य झाले बताउनुभयो । उहाँले भन्नुभयो– “शिविर गरिब र विपन्न वर्गका बिरामीको लागिमात्र हो । त्यसैले धनीलाई फर्काउने गरेका छौंँ ।” धनी व्यक्तिहरु रुपैयाँ खर्च गरेर पनि शल्यक्रिया गराउन सकिने उहाँको भनाइ छ । संयुक्त राज्य अमेरिकाको अलोहा मेडिकल मिसन हवाईसँग  आबद्ध ४० जना चिकित्सकको टोली लहानमा आएर बृहत् निःशुल्क शिविर सञ्चालन गरिरहेका छन् । कात्तिक १४ गतेबाट सुरु भएको शिविर १० दिनसम्म चल्नेछ । शिविरमा पाठेघर, हर्निया, पत्थरी, पाइल्स, पित्तथैली, ख

सोमवार नेपालमा भुकम्पको झटका

Image
सोमबार साँझ चीनको सीमावर्ति क्षेत्रमा गएको भूकम्पको धक्का काठमाडौंसहितका देशका विभिन्न स्थानमा महशुस भएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार काठमाडौंबाट १ सय १६ किलोमिटर उत्तर पूर्वी चीनको चोङदुई नजिकैको सीमावर्ति क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । काभ्रेको बनेपा पनौतिमा समेत भूकम्पको धक्का सहशुस भएको छ । भूकम्पबाट कुनै क्षति भएको समाचार छैन ।

के पृथ्वीकोको अन्त २१ डिसेम्बर २०१२ मा हुन्छ त ?

Image
साचै तपाईं हुरु ले गूगल र यू टुबे मा वोर्ल्ड् एन्डिङ २०१२ खोज्नु भयो भने धेरै धेरै पोस्ट भेट्नु हुन्छ र तपाईंले विश्व अन्त हुने गजब गजबका कारण भेट्नु हुने छ। यसो हेर्दा लाग्छ ल! है साच्चैनै अन्त होला जस्तो लाग्छ।   ईन्टरनेटमा पढे अनुसार पृथ्वीकोको अन्त डिसेम्बर २१ मा हुनेछ। यो हल्लानै हल्लामा आधारित बनेको मुभिले विश्व मा पनि खुब तहल्का मच्चाइ रहेको छ। मान्छेहरु बडा चाख लिएर पैसा खर्च गरी गरी कसरी कस्तो प्रकारले आफ्नो अन्त होला भनेर फ्लिममै हेरेर भए पनि चित्त बुझाउने तिर लागेका छन। कोही कोही चाँही त्यो बेला केही चाँही पक्कै हुन्छ है भन्छन् भने , कोही चाँही यो मोनोगडन्ते कुरा भन्नेहुरु को जमात को भिडहरु पनि धेरै छन समय समयमा यस्ता कुरा आइ राख्छन भनेर कसै कसै ले यो कुरामा खासै वास्ता राखेका छैनन! तेसो भये के हो त २०१२ के यो हल्ला हल्ला मा नै निराधार होला ?? तेसो भये ति फिल्म बनाउने मान्छे ले सबैलाई बकम्फुसे बनाएर पैसा बटुलेकाहुन त ?? विश्वमा यस्ता क्यालेन्डर हुरुपनी बनाएका छन २००० बर्ष भन्दा बढीको क्यालेन्डर छ र हरेक समय र कालमा हुने तिथी मिती र आइ पर्ने घटनाको सहि सुचना दिने रहेछ।