Posts

Showing posts from January 2, 2017

प्रहरी बीटसंगैको भवनमा ताला तोडेर चोरी, व्यापारी आक्रोसित

Image
१८ पौष, २०७३ नवलपरासी सटरको ताला फुटाई बहुमुल्य मालसामान चोरिदै गरेको नवलपरासी गोपीगञ्ज बजारको घटनामा प्रहरी निष्कृय बनेको भन्दै स्थानीय व्यावसायीहरु सशस्त्र प्रहरीप्रति आक्रोस व्यक्त गरेका छन् । सटरको ताला फुटाई सामान चोरिने घटना विगत एक महिनाभित्र चार पटक घटेको र हालसम्म चोरहरु पक्राउ गर्न नसकिएको प्रति निन्दा गरिएको छ । गएराती पनि गोपीगञ्जमा सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा रहेको एक मोबाईल पसलको सटरको ताला तोडेर मोबाईल लगायत अन्य सरसामान चोरिएको घटनापछि स्थानीय व्यावसायीहरु आफुलाई असुरक्षित महशुस गरेका छन् । सशस्त्र प्रहरीको लापरवाहीका कारण गोपीगञ्जमा चोरीको घटना बढदै गएको स्थानीयको आरोप छ । एकपछि अर्काे घटना घटदै जांदा व्यापारीहरु चिन्तामा परेका तथा प्रहरीको सुरक्षाले आफुहरु सुरक्षित नरहेको बताएका छन् । स्थानीय व्यापारी नाजीर अन्सारीका अनुसार सशस्त्र प्रहरीको बीट नजिकैको भवनमा ताला तोडेर मालसामान चोरिएपछि व्यापारीहरु असुरक्षित बनेका हुन् । उनले भने विगत एक महिनामा चोरीको यो चौथो घटना हो । २ दिन अघि अर्काे एक मोबाईल पसलमा ताला तोडेर मोबाईल लगायतका सरसामान चोरिएको थियो  । त