Posts

Showing posts from August 4, 2018

राजीनामा दिनुकाे प्रष्टिकरण

Image
मेराे विचारः जन जागृति माध्यमिक विद्यालय गुठी परसाैनी नवलपरासीकाे प्रधानाध्यापक (बाबुराम सुबेदी) समक्ष मैले २०७५ साउन १८  गतेका दिन प्रा. वि. इन्चार्ज पदबाट राजीनामा दिएं । याे जिम्मेवारी मलाइ विद्यालय प्रशासनले २०७४ असाढ महिनामा दिएको थियाे । एक वर्षभन्दा बढि समय भयो तर जति प्रयास गरेपनि यस व्यक्तिसंग सहकार्य गर्न सकिएन । जतिबेला जुन विषयमा पनि कुरा परामर्श गर्न खाेज्याे अाश्वासन मात्र दिने तर काम चांही नगर्ने रहेछ । तर विद्यालय चलाउने काम अाश्वासनले हुदैन । पछिपछि यस व्यक्तिले मेराे भेटघाट, छलफल तथा विचार विमर्शकाे कामलाइ पनि समस्या मान्न थाल्याे । नितान्त संस्थागत विषयलाइ लिएर बैठक बसाैं र छलफल गरि समाधान गराैं यसले विद्यालयलाइ फाइदा हुन्छ कि भन्दा पनि तयार नभएपछि निकास खाेज्न बाध्य भएं । यसले मलाइ कामकाे जिम्मा त दियाे तर समस्या पर्याे भने सहयाेग नगर्ने रहेछ भन्ने प्रष्ट भयाे र मैले निर्णय लिएं कि अब याे व्यक्तिसित भनाभन गरिरहनु तथा संस्थाकाे विकासलाइ बन्धक बनाइरहनु भन्दा म अाफुले संस्थालाइ सहयाेग गर्नुपर्छ र बाटाे खुल्ला गरिदिएं । कि शायद यिनी अरू कसैलाइ त्याे पदमा ल्याउन चाहे