Posts

Showing posts from April 5, 2013

नवलपरासीमा तयारीसंगै बढ्यो नेपाली कांग्रेसको चहलपहल , एक अन्तर्वार्ता

Image
बिलासी नेता पनि आश्रममा बस्ने, सबैजना शाकाहारी खाने, माछामासु मदिरा आदि निषेध आसन्न नेपाली कांग्रेस महासमितिको बैठकले जिल्लामा नेपाली कांग्रेसलाई सहयोग पुग्नुका साथै भावी चुनावी रणनीतिलाई बल पुग्ने आशाका साथ नवलपरासीमा जमघट हुने देशका उच्च स्तरिय नेताहरुले नवलपरासीको गण्डक समस्या, सुस्ताको सीमा विवादप्रति जानकार हुनेछन् । शक्तिका श्रोतको रुपमा रहेका मदारबाबा, वाल्मिकी ऋषि र गजेन्द्रमोक्ष आश्रमले पार्टी, नेता तथा कार्यकर्तालाई उर्जावान स्थानमा बस्न पाएको अनुभूति गर्न पाउने विश्वास लिईएको छ । त्रिवेणीको गजेन्द्रमोक्षधाममा नारायणी, स्वर्णभद्र र पुर्णभद्र गरी यी तिन नदीको संगमस्थलमा अवस्थित मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको छनौटमा परेको पवित्र स्थल बन्दसत्रका लागि चयन गरिएको छ । बैठकको व्यवस्थापन कार्य, बैठकबाट हुने सम्भावित उपलब्धि र भावी योजनाबारे नेपाली कांग्रेस नवलपरासीका जिल्ला सभापति देवेन्द्रराज कण्डेलसंग हाम्रा सम्वाददाता वृजराज कुशवाहाले गरेको कुराकानीको अंशः नेपाली कांग्रेस महासमिति बैठकको कार्यक्रमको स्वरुप कस्तो हुनेछ ?  महासमिति बैठकको उदघाट्न चैत २६ गते सोमवार