Posts

Showing posts from April 26, 2013

हरिहरनाथ मुक्तिनाथ सांस्कृतिक भारतीय रथयात्रा नेपालमा

Image
कहिलेकांही धर्मकर्म पनि गर्नुपर्छ . पुरा जानकारीका लागि तलको लिंकमा जानुस त, हेर्नुस http://www.nepaljapan.com/2013/04/26/44362/

गण्डकवासीको चिन्ता

Image
                गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीले गण्डक समस्यामा आधारित एक कार्यशाला गोष्ठी आज नवलपरासीको प्रतापपुरमा सम्पन्न गरेको छ ।               समितिका अध्यक्ष रामबरन केवटको अध्यक्षतामा संचालित गोष्ठीमा भारतीय पक्षले गर्दै आएको बेवास्ता तथा निर्माण कार्यको गुणस्तरहीनताले नेपाली जनजीवन खतरामा पर्दै गएका कारण बेलैमा सजग हुनुपर्ने बताएका छन् । कार्यक्रममा भारतीय पक्षले तत्काल शुरु गरेको निर्माण कार्य रोकिएको प्रति चिन्ता पनि जाहेर गरिएको छ । कार्यक्रम गण्डक नदी नियन्त्रण संघर्ष समितिले आह्वान गरेको आगामी महिनाको पानी रोको आन्दोलनको औचित्यतामा आधारित थियो ।                  गोष्ठीमा राजनीतिक दलका तर्फबाट नेकपा एमालेका तारा सिंह, पत्रकार वृजराज कुशवाहा, ईन्द्णी समाजिक विकास मञ्चका गण्डक परिचालक सन्तोष श्रेष्ठ र गाविस सचिवहरु लगायतकाले आ आफना विचार राखेका थिए । सचिव दुधनाथ गुप्ताले कार्यपत्र प्रस्तुत गरेका थिए ।                                        वृजराज कुशवाहा बैशाख १३ ................................