Posts

Showing posts from April 25, 2015

भुकम्पका भयंकारी ति दृश्यहरू, जसले सयाैंकाे ज्यान लिनुका साथै धेरैलाइ घरबार विहिन बनायाे

Image

नवलपरासी जिल्ला पनि अछुताे रहेन । ज्यान जाने नभएपनि ५ जना घाइते बनाएकाे छ, ४२ घरगाेठ अांशिक रूपमा र ६ वटा घरगाेठ पुर्ण रूपमा क्षति पुगेकाे छ .

Image
भुकम्पको असर नवलपरासीमा पनि परेको छ । भुकम्पको प्रभावले भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीको भनाई छ ।  भुकम्पबाट केही व्यक्ति घाइृते भएको खबर छ । जिल्ला प्रहरीका अनुसार ५ जना घाइृते भएका छन् । हरपूर गाविसमा एकै घरका २ जना बालिका घाईते भएको प्रहरी उपरिक्षक नल प्रसाद उपाध्यायले जनाएका छन् । भुकम्पका कारण भागदौड गर्दा सुरेश बनियाको दुबै छोरीको टाउकोमा चोट लागेको हो । दुबैको अवस्था समान्य रहेको बताईएको छ । त्यस्तै, सुनवल नगरपालिको विशासयमा २ वटा घर भत्केको खबर छ । रामनगर गाविस २ बडेरामा पसल रहेको घर भत्केको र करीब २ लाखको क्षति भएको अनुमान गरिएको छ ।  नरसही गाविसमा २ वटा घरका पर्खाल भत्केको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जनाएका छन् । जिल्लाको दक्षिणी सीमावर्ती गाविस भुजहवामा एक निर्माणाधिन घर भत्केको बताईएको छ । दुम्कीबास क्षेत्रमा घरगोठमा बढी क्षति भएको छ । जिल्ला प्रहरीका अनुसार हालसम्म आंशिक रुपमा ४२ घरगोठमा क्षति पुगेको छ । पुर्ण रुपमा ६ वटा घरगोठमा क्षति पुगेको अवस्था छ ।  अन्य कुनै मानवीय क्षति नभएपनि जिल्लाका दुर्गम पहाडी गा