Posts

Showing posts from November 3, 2012

केपी अेलीको ४४ वांण

‘ वनमाराको झाडीमा पीपलको बिरुवा छोपियो भनेर पीपल हरायो भन्न मिल्दैन । एमाले पीपलको बिरुवा हो , माओवादी वनमाराको झाडी । पीपल रूख बनेपछि वनमारा आफैं खुइलिएर जान्छ । ‘ ( माओवादी ठूलो पार्टी भए पनि एमाले कम्युनिस्ट आन्दोलनको मूलधार रहिरहने तर्क गर्दै ।) २. ‘ हात्ती दुब्लाएर बोरामा अट्दैन , मुसो मोटाएर हात्ती हुँदैन ’ ( संविधानसभामा एमाले तेस्रो पार्टी भएपछि दिएको प्रतिक्रिया) ३. ‘ छोराको तिघ्रा बढेपछि बाबुलाई अभिभावक होइन भन्न मिल्दैन । माओवादीलाई यहाँसम्म ल्याएको एमालेले हो । उसलाई सुधार्न एमालेले गरेको आलोचनालाई विरोध नसम्झोस् । ’ ( आफूलाई माओवादीविरोधी नठान्न अनुरोध गर्दै) ४. ‘ झुम्रा , कागज र अरू मटेरियल त पहिलै थिए , तर ती पहिलै थिए भनेर मैले पुतली बनाएँ भन्न मिल्दैन । जसले सबै मटेरियललाई मिलाएर पुतली बनाउन सिकायो , त्यो उसैले बनाएको भन्नुपर्छ । ’ ( पार्टीको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद आफ्नो कार्यकालमा विकास भएको पार्टी अध्यक्ष झलनाथ खनालको भनाइलाई खण्डन गर्दै मदन भण्डारीको अगुवाइमा जबज विकास भएको बताउँदै) ५. ‘ झुसिलेबाटै पुतली बन्ने भए पनि झुसिलेलाई पुतली भन