Posts

Showing posts from February 3, 2017

मुस्कुराउँदै अदालतमा सिके राउत

Image
मिथिलेश यादव लहान – ‘ मधेसलाई छुट्टै राष्ट्र बनाउने ’ अभियान चलाउँदै आएका चन्द्रकान्त राउत ( सिके ) लाई लहान प्रहरीले म्याद थपका लागि जिल्ला अदालत सिरहा लगेको छ। म्याद थप भएपछि राउतमाथि इलाका प्रहरी कार्यालय लहानमा दर्ता रहेको ‘ राज्यविरुद्धको संगठित अपराध ’ मुद्दामा कारबाही अघि बढ्नेछ। म्याद थपका लागि राउतलाई सिरहा लान एउटा ट्रक र चारवटा सुरक्षा भ्यान प्रयोग गरिएको छ। समर्थकबाट अवरोध हुन सक्ने आँकलन गर्दै प्रहरीले सुरक्षा घेरा बनाएको एक सुरक्षा अधिकारीले बताए। राउतलाई राखिएको चिपमा लहान प्रहरी प्रमुख ( डिएसपी ) राजकुमार केसी सवार थिए। अदालत जाने क्रममा राउत मुस्कुराउँदै प्रहरीको भ्यानमा चढेका थिए। इलाका प्रहरी कार्यालय लहानका प्रमुख ( डिएसपी ) राजकुमार केसीका अनुसार म्याद थपपछि राउतलाई पुनः इलाका प्रहरी कार्यालय लहानमै ल्याएर प्रमाण पुष्टिकालागि अनुसन्धान अगाडी बढ्छ। राउतविरुद्ध राज्य विप्लव होइन , राज्यविरुद्ध संगठित अपराध मुद्दा यस कार्यालयमा दर्ता छ , केसीले