Posts

Showing posts from September 17, 2015

४० दिनदेखि नवलपरासी बन्द, निषेधाज्ञाको म्याद आज फेरी थपियो, औषधि समेतको अभाव

Image
                जिल्ला सुरक्षा समितिले नवलपरासीमा लगाउदै आएको निषेधाज्ञा आज विहिवार फेरी ७ दिनका लागि थप गरेको छ । सात दिन थप गरिएसंगै नवलपरासीमा निषेधाज्ञाको अवधि १ महिना पुगेको छ । सम्भावित घटनाको मध्येनजर प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको अध्यक्षतामा आज परासीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज ७ गते राती १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको बावजुद पनि आन्दोलित संयुक्त थरुहट मधेशी मोर्चाका कार्यकताले आज फेरी पनि निषेधाज्ञा तोडेका छन् । आज तेश्रो दिन निषेधाज्ञा तोडदै परासीको व्यस्त बजार बुद्धचोकमा टायर बालेका हुन् । टायर बालेका मोर्चाका कार्यकता तितरबितर भएपछि आएको प्रहरीले टायर उठाएर लगेको प्रत्यक्षदर्शीले जनाएका छन् । मोर्चाका कार्यकर्ताले विगत ३ दिनदेखि निषेधाज्ञा तोडदै आएका मोर्चाका संयोजक मुकुरजी गिरीले जनाएका हुन् । आन्दोलनरत मोर्चाका कार्यकर्ता आज पनि निषेधित क्षेत्र बाहिर शान्तिचौर तथा बालगोबिन्द पेट्रोलपम्पमा प्रदर्शन गरीरहेका छन् । परासी बजार लगायतका स्थानहरुमा बन्दको प्रभाव देखिएको छ । सवारीसाधन नचलेका कारण गन्तब्यमा पुग्न