Posts

Showing posts from July 3, 2018

बाढिग्रस्त क्षेत्रमा सचेत रहनु नै महत्वपुर्ण उपाय हाे, केही टिप्सहरु उपयाेगी बन्न सक्छन्

१. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस् । सरकारी तथा आपातकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च साथमा राखिराख्नोस । रात परेपछि काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनीहरुको औषधि, वृद्ध र बालकहरुको राम्रो हेरबिचार गर्नुस । ६. बत्ती कतै सट भएको छ कि छैन चेक गर्नुस । ७. राति सुत्दा घरको एक वा दुइजना पालो गरेर मात्र सुत्नुस । वरिपरिको अवस्था के कसो छ ख्याल गर्नुस । ८. बलिया र युवा साथिहरु पानी रोकिएपछि आवस्यक पर्ने उद्दारको लागि तयार रहनूस! ९. सर्पकाे जाेखिम हुने भएकाले सावधान रहनुस् । १०. यस्ता अवस्थामा अावश्यक पर्नेसहायता केन्द्रहरुकाे सम्पर्क नम्बरहरु जानी राख्नु वेश हुनेछ । ११. सञ्चारकर्मीहरुसंगकाे नियमित सम्पर्कले तपाईलाई जानकार रहन मद्दत पुग्नेछ । यसमा साथै तपाईमाे अाफ्नै तवरकाे सजगता पनि तपाईकाे सुरक्षा कवच सावित हुनसक्छ ।