Posts

Showing posts from February 27, 2016

मधेशी मोर्चाको बैठकले गरे ९ बुँदे निर्णय, सरकारलाई ज्ञापन पत्र दिने

Image
काठमाडौं १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शनिबार बसेको बैठकले सरकार समक्ष विभिन्न माग राखेर ज्ञापन पत्र बुझाउन निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुने काठमाडौं बसेको मोर्चाको बैठकले विभिन्न नौं बुँदे निर्णय गरेको छ । मधेशी मोर्चाले आफ्ना मागहरु सरकार समक्ष ज्ञापन पत्रका रुपमा बुझाउने निर्णय पनि गरेको सदभावना पार्टीका महासचिव मनिष सुमनले जनाएका छन् । सुमनले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशी मोर्चाले ११ बुँदे मागसहित अन्य मागहरुलाई ज्ञापन पत्रको रुपमा बुझाउने बताए । मोर्चाका निर्णयहरु १. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ७ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्नेछ । सचिवालयमा फोरम नेपालका राजेन्द्र श्रेष्ठ , सद्भावना पार्टीका मनिष सुमन , तमलोपाका बृषेश चन्द्र लाल , तमसपाका रामनरेश राय , रामसापाका केशव झा , नेसपाका कौशलेन्द्र झा र फोरम गणतान्त्रिकका परमेश साह रहेका छन् । २. मधेशी मोर्चाले प्रधानमन्त्रीलाई मधेशका मागहरु समेटेर ज्ञापन पत्र बुझाउनेछ । ३. प्रधामन्त्री केपी