मधेशी मोर्चाको बैठकले गरे ९ बुँदे निर्णय, सरकारलाई ज्ञापन पत्र दिने



काठमाडौं १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको शनिबार बसेको बैठकले सरकार समक्ष विभिन्न माग राखेर ज्ञापन पत्र बुझाउन निर्णय गरेको छ ।
संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुने काठमाडौं बसेको मोर्चाको बैठकले विभिन्न नौं बुँदे निर्णय गरेको छ ।

मधेशी मोर्चाले आफ्ना मागहरु सरकार समक्ष ज्ञापन पत्रका रुपमा बुझाउने निर्णय पनि गरेको सदभावना पार्टीका महासचिव मनिष सुमनले जनाएका छन् ।
सुमनले हुलाकी न्यूजसँग कुराकानी गर्दै मधेशी मोर्चाले ११ बुँदे मागसहित अन्य मागहरुलाई ज्ञापन पत्रको रुपमा बुझाउने बताए ।
मोर्चाका निर्णयहरु
१. संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले ७ सदस्यीय सचिवालय गठन गरेको छ । सचिवालयले आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्नेछ ।
सचिवालयमा फोरम नेपालका राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका मनिष सुमन, तमलोपाका बृषेश चन्द्र लाल, तमसपाका रामनरेश राय, रामसापाका केशव झा, नेसपाका कौशलेन्द्र झा र फोरम गणतान्त्रिकका परमेश साह रहेका छन् ।
२. मधेशी मोर्चाले प्रधानमन्त्रीलाई मधेशका मागहरु समेटेर ज्ञापन पत्र बुझाउनेछ ।
३. प्रधामन्त्री केपी ओलीको भारत भ्रमण असफल भएको मोर्चाको निष्कर्ष रहेको छ ।
४. हालै भएका विमान दुर्घटनाहरुप्रति मोर्चाले दुःख व्यक्त गरेको छ ।
५. धडपकट तथा झुठा मुद्दा रोक्ने मोर्चाले माग गरेको छ ।
६. सर्वसाधारणलाई सामाग्रीहरु सहज रुपमा उपलब्ध गराउन माग गरेको छ ।
७. आगलागीप्रति दुःख व्यक्त गर्दै क्षतिपुर्तिको माग गरिएको छ ।
८. आन्दोलन अवधिको व्याज र कर मिनहा गर्न माग गरिएको छ ।
९. न्यायालय लगायतका सम्पूर्ण क्षेत्रलाई समावेशी बनाउन माग गरिएको छ ।
शनिबारको मोर्चाको बैठकमा मोर्चाका सातै घटक दलका अध्यक्षहरुसहितका नेताहरुको उपस्थिति रहेको हुलाकी न्युज अनलाइनमा खबर छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day