नेकपा एमालेबाट नेताहरू अलग्गिन थाले ।
संघीयताबारे पार्टी नीतिप्रति असन्तुष्ट भई एमाले छाड्ने भन्दै आएको उपाध्यक्ष अशोक राई नेतृत्वको समूहले बिहीबार औपचारिक रूपमै पार्टी परित्यागको घोषणा गरेको छ । उपाध्यक्ष राईसहित ६ केन्द्रीय सदस्य , दर्जन पूर्वसांसदका साथै केही कार्यकर्ताले राजधानीमा आयोजित कार्यक्रममा एमाले छाडेको घोषणा गरेका हुन् । सुरुमा राईकै समूहमा रहेर पार्टी त्याग्ने भन्दै आएका पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ , रामचन्द्र झा , केन्द्रीय सदस्यहरू किरण गुरुङ र दलबहादुर रानालगायत भने एमालेभित्रै अन्तरसंघर्ष गर्ने निष्कर्ष निकाल्दै यसैसातादेखि पूर्ववत् जिम्मेवारीमा फर्किइसकेका छन् । त्याग घोषणा गर्नेमा वैकल्पिक पोलिटब्युरो सदस्य विजय सुब्बा , केन्द्रीय सदस्यहरू राजेन्द्र श्रेष्ठ , रकम चेम्जोङ , वीरबहादुर लामा र वैकल्पिक केन्द्रीय सदस्य अजम्बर काङमाङ राई , पूर्वसांसदहरू रिजवान अन्सारी , गोपाल ठाकुर , मंगलसिद्घ िमानन्धर , हेमराज राई , रणध्वज कन्दङ्वा , राजकुमार राई , उर्मिला साह , हितकाजी गुरुङ , जोगीलाल यादव , मझिलाल थारू थनैत , लक्की शेर्पा र भगवती चौधरी छन् । पूर्वसांसद पासाङ शेर्पाले यसअघि नै राजीन