Posts

Showing posts from December 13, 2011

देशकै उच्च आर्सेनिक नवलपरासीमा

 देशको सबैभन्दा बढी आर्सेनिक रहेको जिल्ला नवलपरासीका वासीन्दालाई यसको असरबाट बचाउनका लागि मिनी आर्सेनिक ब्लान्केट परिक्षण गरिएको छ । जिल्लामा रहेको १ हजार ४ सय पीपीबी आर्सेनिकको मात्रा नेपालमा सबैभन्दा बढी हो । स्थानीयवासीन्दालाई सचेत गराई नियन्त्रणका उपाय अपनाउनु नै वेश होला भन्ने उद्धेश्यका साथ लागु भएको यस कार्यक्रममा जिल्ला विकास समिति नवलपरासीले विभिन्न सहयोगी संस्थाहरुलाई साथमा लिई मंसीर १ गतेदेखि कार्यक्रम थालेको जिविस वास यूनिट ईन्जिनियर अरविन्द कुमार श्रेष्ठले बताएका छन् । उनका अनुसार मानिसलाई चाहिने आवश्यक खानेकुरामध्ये सबैभन्दा बढी मात्रामा पानीको प्रयोग हुन्छ तर पिईरहेको पानीको अवस्थाबारे थाहा नहुदा मानिस जानीनजानी मन्दविष सेवन गरीराखेको हुन्छ । बचाउका उपायबारे धेरैलाई थाहा नहुन सक्छ । र राज्यले पनि यसको प्रभावबाट जोगाउने  काम पर्याप्त मात्रमा गर्न नसकेको बताए । यसको असर भइसकेपछि देखा पर्ने लक्षणबारे बताउदै जिल्ला विकास समिति नवलपरासीका वास ईन्जिनियर श्रेष्ठले खासगरी तराइृको समथर फाट, पहाडको तल्लो भेगको भूमिगत पानीमा आर्सेनिकको बढी