Posts

Showing posts from April 12, 2013

नवलपरासीमा आगलागी, ५ लाखको क्षति

Image
वृजराज कुशवाहा, नवलपरासी गाउमा रहेको एक विद्युत ट्रान्फर्मरबाट सल्केको आगोले नवलपरासी जिल्लाको सोमनी गाउमा ५० घर जलेको छ भने ५ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । दिउसो करीब सवा चार बजेको समयमा सल्केको आगोले सोमनी गाविस वडा नं. ६  का ५ परिवारको ५० वटा घरटहरा जलेको छ । विजुलीको पोलमा राखिएको विद्युत ट्रान्सफर्मरको प्यानल बोर्डमा जडान ग।िएको फ्यूज बक्समा सर्ट सर्किट भएकोले उछिट्टिएको आगो नजिकैको फुसको घरमा सल्केको गाउलले बताए । आगलागीले स्थानीय हरिहर हरिजन, विनेसरी हरिजन, तुलसी हरिजन, रामदवन हरिजन र झगरु गुप्ताको घर र घरमा भएको कपडा लत्ता तथा नगद समेत जलेको बताएका छन् । पीडितले घटनास्थलमा दिएको जानकारी अनुसार हरिहर हरिजनको २ घरगोठ र त्यसमा रहेको पंपींगसेट चारार मेशीन, साईकल र लत्ताकपडा गरि करीब १ लाखको क्षति भएको छ । जसले उनको परिवारका ६ जना सदस्य छिमेकीको घरमा आश्रय लिएका छन् । त्यस्तै विनेशरी हरिजनको ४ वटा घरगोठ तथा त्यसमा रहेको साईकल, ५० हजार नगदी, लत्ताकपडा गरि १ लाखको क्षति भएकोले उनका घरपरिवारका १० जना सदस्य विचललीमा परेका छन् । त्यस्तै, आगलागीले तुलसी हरिजनको पानी

महासमिति बैठकको विस्तार

http://www.nepaljapan.com/2013/04/12/41407/