Posts

Showing posts from September 2, 2014

एकवर्षमा नवलपरासीबाट २० हजारले राहदानी लिए

नवलपरासी जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) अन्तर्गतको सूचना केन्द्रमा पांच महिनाको अवधिमा ४७ वटा वैदेशिक रोजगार सम्बन्धिका घटना दर्ता भएका छन् । जसमा ६ वटा मृत्यु , २१ वटा ठगि छन् भने २० जनाको उद्धार सम्बन्धि रहेका छन् ।   बैदेशिक रोजगारमा जानेलाई वैधानिक र सुरक्षित वनाउने उद्देश्य सहित सञ्चालन गरिएको परियोजनालाई वर्दघाट नगरपालीकाको इन्द्रेणी सामाजिक विकास मञ्च र गैडाकोटस्थित हिमालयन सामुदायीक विकास मञ्च (हिकोडेफ)ले जिल्लाका ६ नगरपालीका सहित २ वटा गाविसमा कार्यक्रम शुरु गरेका छन् ।   हिकोडेफले सूचना केन्द्र स्थापना गरि कार्यक्रम सञ्चालन गरेको छ भने इन्द्रेणीले सचेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।  कावासोतीमा सूचना केन्द्र स्थापना गरि परामर्श सेवा शुरु गरेको गैडाकोटस्थित  े हिकोडेफले फागुन देखि असार सम्म केन्द्रमा दर्ता गराएका मध्ये तिन जना मृत्यु भएका परिवारले क्षतिपुर्तीको रकम पाएको र बांकी तिन जनाको पहल भईरहेको जनाएको छ ।   परियोजनाका कार्यक्रम संयोजक रितुराम सोतिका अनुसार विदेशमा मृत्यु भएका ६ मध्ये एक जना म्याग्दीका छन् भने अरु ५ जना