Posts

Showing posts from August 11, 2016

मापदण्ड पूरा नै नगरी डिष्टिलरी बनाएकाे खुलासा, किसान अान्दाेलित, डिष्टिलरी बन्द गर्नुपर्ने माग

Image
चिनी मिलको प्रदुषणका कारण न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुगेका प्रदुषण पीडितहरुसंगको वार्तामा मिल पक्ष नआएपछि आक्रोसित बनेका नवलपरासीका किसानहरु आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालय कै परिसरमा भेला भएका सयौं किसानहरु आन्दोलनका लागि संघर्ष समिति बनाएको प्रदुषण पीडित संघर्ष समितिका संयोजक विनोद यादवले बताए । नवलपरासी जिल्लाको प्रतापपुर गाविस ५ गंगापुरमा अवस्थित ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज प्रा. लि. ले डिष्टिलरी संचालनमा ल्याएपछि जथाभावी बगेको फोहोर पानीले किसानको बालीनाली नष्ट गर्नुका साथै मानव शरीरमा पनि नराम्रो असर पारेपछि पीडित किसानहरू साउन २७ गते प्रमुख जिल्ला अधिकारीलाइ महादेव पन्थीलाइ ज्ञापन पत्र बुझाएका छन् । उद्योगबाट बग्ने दुषित पानीको उचित व्यवस्थापन नगरेका कारण सो पानी जथाभावी बग्न थालेपछि किसानको बालनाली नष्ट पारेको किसानहरूकाे अाराेप छ । किसानसंग वार्ताका लागि साउन २७ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी आएका मिलका एक प्रतिनिधी प्रहलाद यादवले डिष्टिलरीको फोहोर पानी पोखरी बनाइ जम्मा गरेका थियौं, रातीमा वर्षा हुन थालेपछि पोखरीको डिल काटेर फोहोर प