मापदण्ड पूरा नै नगरी डिष्टिलरी बनाएकाे खुलासा, किसान अान्दाेलित, डिष्टिलरी बन्द गर्नुपर्ने माग

चिनी मिलको प्रदुषणका कारण न्याय माग्न जिल्ला प्रशासन कार्यालय पुगेका प्रदुषण पीडितहरुसंगको वार्तामा मिल पक्ष नआएपछि आक्रोसित बनेका नवलपरासीका किसानहरु आन्दोलित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कै परिसरमा भेला भएका सयौं किसानहरु आन्दोलनका लागि संघर्ष समिति बनाएको प्रदुषण पीडित संघर्ष समितिका संयोजक विनोद यादवले बताए ।
नवलपरासी जिल्लाको प्रतापपुर गाविस ५ गंगापुरमा अवस्थित ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज प्रा. लि. ले डिष्टिलरी संचालनमा ल्याएपछि जथाभावी बगेको फोहोर पानीले किसानको बालीनाली नष्ट गर्नुका साथै मानव शरीरमा पनि नराम्रो असर पारेपछि पीडित किसानहरू साउन २७ गते प्रमुख जिल्ला अधिकारीलाइ महादेव पन्थीलाइ ज्ञापन पत्र बुझाएका छन् । उद्योगबाट बग्ने दुषित पानीको उचित व्यवस्थापन नगरेका कारण सो पानी जथाभावी बग्न थालेपछि किसानको बालनाली नष्ट पारेको किसानहरूकाे अाराेप छ ।
किसानसंग वार्ताका लागि साउन २७ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी आएका मिलका एक प्रतिनिधी प्रहलाद यादवले डिष्टिलरीको फोहोर पानी पोखरी बनाइ जम्मा गरेका थियौं, रातीमा वर्षा हुन थालेपछि पोखरीको डिल काटेर फोहोर पानी किसानको खेतमा बगाएको स्विकारे । अगाडि उनले भने नारायणीको बांध फुटेर बाढी आउने हल्ला चलेपछि रातीको समयमा हामीले सो फोहोर पानी किसानको खेतमा बगाएका हौं ।

ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज प्रा. लि.का महाप्रबन्धक सुरेन्द्र प्रसाद शुक्लाले मिल मालिकले हतार हतारमा डिष्टिलरी निर्माण गरेर संचालनमा ल्याएकाले सबै पुर्वाधार तयार भै नसकेको रहस्य खोले । उनले अगाडि भने किसानको बालीनाली नष्ट हुनुमा उद्योग दोषी छ ।
छलफलको दौरान मिलका कारण किसानको क्षति भएको र क्षतिपुर्ति दिन उद्योग तयार रहेको बताइरहदा पीडितहरु क्षतिपुर्तिलाइ प्राथमिकतामा नराख्ने बताए । समितिका संयोजक विनोद कुमार यादवले तत्कालीन क्षतिको तुलनामा दुर्गामी क्षति बढी हुने देखिएकाले उद्योगले फोहोर पानी संगै बगाउने हानिकारक रसायन व्यवस्थापन नभएसम्म संघर्ष जारी रहने बताए । उनले भने मानव बस्तीको बिचमा स्थापना गरिएकोले डिष्टिलरी सधैंका लागि बन्द गर्नुपर्ने माग हामी अगाडि सारेका हौं । उनले भने हानिकारक रसायनका कारण चापाकलमा समेत गन्हाउने पानी आउन थालेपछि खानेपानीको समेत हाहाकार मच्चिएको छ ।
उद्योगको छरछिमेकमा रहेका मानव बस्तीका बासीन्दामा छाला, सांस तथा आंखाका रोग समेत देखिन थालेको छ । प्राकृतिक जलाशयमा रसायनयुक्त फोहोर पानी मिसिदा जलचर मरेका छन् । चोर्निया घोलाको पानी खाने गाईभैंसी भेडाबाख्राहरु विरामी पर्न थालेका छन् । जंगली जनावर समेत त्यस क्षेत्रबाट विस्थापित हुन थालेका छन् ।
उद्योगले वर्षौंदेखि संचालन गर्दै आएको ईन्दिरा सुगर मिलको पनि फोहोर पानी पनि चोर्निया घोलामा बिना प्रशोधन बगाईरहेकाले त्यस घोलामा अहिले कुनै जलचर जिवित अवस्थामा नरहेको स्थानीइले बताए ।
उद्योगको प्रदुषणले प्रभावित क्षेत्र गूठी परसौनी, प्रतापपुर, नरसही र पकलिहवाबाट टाली टेक्टरमा आएका करीब ३ सयको संख्याका पीडित किसानहरु परासी बजारमा विरोध जुलुस निकाली जिल्ला प्रशासन कार्यालय अगाडि २ घण्टा धर्नामा बसेर नाराबाजी गरिरहे ।
आज विहिवार जिल्ला प्रशासन कार्यालय नवलपरासीमा छलफलका लागि बसेको त्रिपक्षीय बैठकमा वार्ता सफल हुन सकेन । आगामी भदौ ७ गते उद्योग पक्षले डिष्टिलरी जडान गर्दा नेपाल सरकारसंग सम्झौता गरेको मापदण्डको प्रमाणपत्र लिई आउने सहमति भएको छ । पीडित किसानले अबको वार्ता कर्मचारीसंग नभई उद्योगपतिसंग मात्रै गर्ने शर्त राखेका छन् । वार्ताको मिति तय गरिएपछि संघर्षको प्रथम चरणका आगामी कार्यक्रमहरु केही समयका लागि स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day