Posts

Showing posts from October 2, 2016

उद्याेगपतिकाे दादागिरी विरूद्ध स्थानीयवासीन्दा, डिष्टिलरी बन्द गर्नुपर्ने अडान

Image
ईन्दिरा सुगर्स एण्ड एग्रो ईण्डष्ट्रिज गंगापुर नवलपरासीले डिष्टिलरी संचालनमा ल्याएपछि बढेको प्रदुषणले पीडित स्थानीयवासीहरु संगठित भई आज उद्योग अगाडि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन गर्दै डिष्टिलरी बन्द गर्नुपर्ने माग दोहोर्याएका छन् । उद्योगले जथाभावी बगाउदै आएको प्रदुषित पानी थुनेर संघर्षमा उत्रेका स्थानीयवासीहरु मागप्रति बेवास्ता गरिएपछि  आन्दोलित हुनुपरेको प्रदुषण पीडित संघर्ष समिति नवलपरासीका अध्यक्ष विनोद यादवले बताए । उनले भने उद्योगपतिले किसानको मागलाई बेवास्ता गर्दै दादागिरी देखाएपछि जनता विरोधमा उत्रेको हो । यसअघि साउन २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय परासीमा उद्योगपक्ष र पीडित स्थानीवासीबीच हुने भनिएको छलफलमा उद्योगपक्ष उपस्थित भएन । उद्योगपति उपस्थित नभएकै कारण प्रमुख जिल्ला अधिकारी महादेव पन्तको रोहबरमा हुने भनिएका कैयौं पटकका वार्ता असफल हुदै आएको छ । प्रमुख जिल्ला अधिकारीले अनुसार किसानले आफनो क्षतिको विवरण जिल्ला प्रशासनमा बुझाउने र उद्योग पक्षले उद्योग स्थापना गर्दा पालना गर्नुपर्ने शर्तपत्र लिई उपस्थित हुने भनिएको थियो । तर आलटाल गर्दै आएको उद्योगपक्षकै कारण