Posts

Showing posts from December 20, 2012

को हो ध्रुवे ? कहाँ थियो यसअघि ?

Image
२०६५ सालसम्म अहिलेको ध्रुवे हात्ती कता थियो कसैलाई पत्तो थिएन। स्थानीय र सरकारी अधिकारीका अनुमानमा सायद आफ्नै झुण्डसँग रमाउँदै थियो। तर २०६६ सालमा अचानक झुण्डसँग छुट्टिएको एक्लो जवान हात्ती चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ रहेको सेनाको ध्रुव पोष्टमा हिउँदताका छिर्यो। बसेका सेनाका जवानलाई लखेट्दै र त्यहाँका घर भत्काउदै उसले रातभरी आतंक मच्चायो। सेनाको टोलीसँग रहेको पोथी हात्ती उसको आकर्षण थियो। तर त्यहाँ रहेका सैनिक जवानले भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थाल्यो। त्यतिखेर निकुञ्जभित्र तैनाथ गोरखनाथ गण थियो। गणका सुरक्षाकर्मीले पोष्टतिर ढिम्कनै नदिनेगरेर पटक पटक उसलाई धपायो। ध्रुवपोष्टमा हैरान पारेकाले त्यहाँका सुरक्षाकर्मीले उसको नामै ध्रुवे हात्ती राखिदियो। अहिले रहेको नाम त्यहीबेला रहेको नाम हो। ध्रुव नामको व्यक्ति मारेको भएर हैन। 'ध्रुवपोष्टका सुरक्षाकर्मीले नै राखिदिएको नाम हो', तात्कालिन चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत लालबहादुर भण्डारीले भने 'त्यही पोष्टबाट नै उसले आतंक फैलाउन शुरु गरेको हो।' उनका अनुसार प