Posts

Showing posts from August 11, 2012

मधेश पत्रकारिता ....

Image
मधेश तथ मधेशिका लागि वान्छनिय अधिकार तथ देशमा भएका अधिकारका लागि लडाईंबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यक रहेको अवस्थामा राजनेताहरु गैरजिम्मेवार बनिरहेको यस देशमा मधेशका आवजलाई बुलन्द बनाउनुका साथै मधेशका लागि पैरवी गर्नका लागि कपिलवस्तुको तौलिहवाबाट  प्रादेशिक समाचार नामक साप्ताहिक पत्रीका प्रकाशनको कार्यमा म माथि आइपरेको जिम्मेवरिलाई ब्यवस्थित गर्न केहि दिनको बसाइको क्रममा तौलिहावामा साथीहरुसँग  

नवलपरासीको एक गाविसमा तालाबन्दी

गाउँ परिषद्ले गरेको निर्णय कार्यान्वयनको माग गर्दै एकीकृत नेकपा माओवादी र नेकपा एमालेले नवलपरासीको कोटथर गाविसमा तालाबन्दी गरेका छन् । आर्थिक बर्ष २०६७०६८ को गाउँ परिषद्ले गाविस कार्यालय र उपस्वास्थ्य चौकीको सञ्चालन संबन्धि निर्णय कार्यान्वयन नभएको भन्दै तालाबन्दी गरेको एमालेका स्थानीय नेता हिरासिंह रेश्मीमगरले बताउनुभयो । परिषद्ले वडा नंबर ५ मा उपस्वास्थ्य चौकी भएकाले गाविस कार्यालय वडा नंबर ४ मा राख्नुपर्ने निर्णय गरेको थियो । तर दलहरुको  सहमतिलाई वेवास्ता गर्दै उपस्वास्थ्य चौकी रहेकै वडा नंबर ५ मा गाविस कार्यालय सञ्चालन गरेकोले तालाबन्दी गरेको एमाले नेता रेश्मीमगरले बताउनुभयो । नेपाली कांग्रेसका कारण उपस्वास्थ्य चौकी र गाविस भवन एउटै वडामा राखिएको माओवादी र एमालेको आरोप छ । ‘गाविसका पूर्व अध्यक्ष चन्द्रबहादुर आले र उहाँको पार्टी कांग्रेसको अडानका कारण सहमति अनुसार काम हुन सकेन’ रेश्मीले भन्नुभयो । विवाद भएपछि गाविस सचिवलाई जिल्ला विकास समितिमा नै काजमा राखिएको छ । दलहरुको जिल्ला स्तरिय नेताहरुको रोहवरमा समस्या समाधान गर्ने स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताउनुभयो ।