Posts

Showing posts from February 5, 2015

साक्षरता कक्षा संचालन गर्न विद्यार्थी परिचालन

निरक्षरलाई साक्षर बनाउनका लागि नवलपरासीको गूठी परसौनी गाविसमा साक्षरता कक्षा संचालन गरिएको छ । एक सय वटा साक्षरता कक्षा संचालन गर्नका लागि जन जागृति उच्च माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी परिचालन गरिएको गाविस साक्षरता कक्षा संयोजक वृजराज कुशवाहाले जनाएका छन् ।   भारतीय सीमामा रहेको यस गाविसको ९ वटै वडाहरुमा १ हजार ६ सय ८१ जना निरक्षरहरु रहेका छन् । सो सबै निरक्षरहरुलाई साक्षर बनाई गाविसलाई साक्षर बनाउनका लागि सो साक्षरता कक्षा संचालन गरिएको हो । ३ महिनासम्म संचालनमा रहने यी कक्षाबाट साक्षर भएकालाई साक्षरता प्रमाणपत्र दिईने र सबै जना साक्षर भए गाविसलाई नै साक्षर घोषणा गरिने नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालले जनाएका छन् । गूठी परसौनीमा संचालन गरिएका यी कक्षाहरुमा जन जागृति उच्च माध्यमिक विद्यालय गूठी परसौनीका कक्षा ९ र १० मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकाउने काम गर्नेछन् । नेपाल सरकारको साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुले आगामी ३ महिनासम्म गाउंमै पुगेर आफ्ना अभिभावकलाई साक्षर बनाउन विभिन्न १२ वटा सीप सिकाउन