साक्षरता कक्षा संचालन गर्न विद्यार्थी परिचालन


निरक्षरलाई साक्षर बनाउनका लागि नवलपरासीको गूठी परसौनी गाविसमा साक्षरता कक्षा संचालन गरिएको छ ।
एक सय वटा साक्षरता कक्षा संचालन गर्नका लागि जन जागृति उच्च माध्यमिक विद्यालयका १ सय ५० विद्यार्थी परिचालन गरिएको गाविस साक्षरता कक्षा संयोजक वृजराज कुशवाहाले जनाएका छन् । 
भारतीय सीमामा रहेको यस गाविसको ९ वटै वडाहरुमा १ हजार ६ सय ८१ जना निरक्षरहरु रहेका छन् । सो सबै निरक्षरहरुलाई साक्षर बनाई गाविसलाई साक्षर बनाउनका लागि सो साक्षरता कक्षा संचालन गरिएको हो । ३ महिनासम्म संचालनमा रहने यी कक्षाबाट साक्षर भएकालाई साक्षरता प्रमाणपत्र दिईने र सबै जना साक्षर भए गाविसलाई नै साक्षर घोषणा गरिने नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयनाथ लम्सालले जनाएका छन् ।
गूठी परसौनीमा संचालन गरिएका यी कक्षाहरुमा जन जागृति उच्च माध्यमिक विद्यालय गूठी परसौनीका कक्षा ९ र १० मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषय अध्ययन गरिरहेका विद्यार्थीहरुले सिकाउने काम गर्नेछन् । नेपाल सरकारको साक्षरता अभियान अन्तर्गत विद्यार्थीहरुले आगामी ३ महिनासम्म गाउंमै पुगेर आफ्ना अभिभावकलाई साक्षर बनाउन विभिन्न १२ वटा सीप सिकाउनेछन् ।
विहान र बेलुका गरी २ घण्टासम्म चल्ने सो कक्षामा सिक्ने अभिभावकहरुले तोकिएको १२ मध्ये कम्तिमा पनि ७ वटा सीप हासिल गरेपछि साक्षरता प्रमाणपत्र पाउनेछन् । प्रमाणपत्र दिईनुअघि विद्यालयका प्रधानाध्यापक वा विषय शिक्षकले साक्षर भए नभएको जांच गरी मात्र प्रमाण दिने व्यवस्था रहेको प्रधानाध्यापक बाबुराम सुवेदीले बताए ।
कक्षा १० र ९ मा स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको प्रयोगात्मक परिक्षाको २५ अंकमध्ये साक्षरता कक्षा पढाई साक्षर बनाए वापत १० अंक पाउने प्रावधान रहेको छ ।
वृजराज कुशवाहा २१ माघ
.........................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day