Posts

Showing posts from July 28, 2014

अालुका बहुउपयाेगी फाइदाहरूः

आलुका बहुउपयोगी फाइदा आलुमा क्याल्सियम, फसफोरस, भिटामिन बी, फलाम हुन्छ । आलु सेवनले रक्तबाहिनीहरू लामो उमेरसम्म लचिला बनिरहन्छन् । आलुलाई पुरक आहारको रुपमा र रोग प्रतिरोधात्मक क्षमता भएको खाद्यन्न मानिन्छ । आलु मधुर, गरिष्ट, मल तथा मुत्रलाई उत्पन्न गराउने रुक्ष र रक्तपित्त हटाउने वीर्यवर्धक, बलप्रद, कफ र वायुवर्धक, मधुर अग्नीवर्धक मानिन्छ । कमजोर भएका र जँड्याहाको लागि यो अत्यन्तै पोषणयुक्त मानिन्छ । विज्ञकाअनुसार आलुको बोक्रा हटाउँदा धेरै पोषतत्व नष्ट हुन्छ । यो बोक्रा नतासी पकाउदा फाईदाजनक हुन्छ । चोट लागेर रगत जमेर निलो भएको ठाउँमा काँचो आलु पिधेंर लगाउँदा राम्रो हुन्छ । घामले डढेको, कालो पोतो, चाउरी परेको छालामा काँचो आलुको रसले राम्रो फाइदा हुन्छ । अपच र एसिडिटि भएमा आलुको जुसले ठिक गर्छ । आलुमा अल्केलाइडस नामक औषधिय तत्व पनि हुन्छ । १०० ग्राम आलुमा पाइने पोषक तत्वको तालिका प्रोटिन – १ दशमलव ६ खनिज पदार्थ – ० दशमलव ६ कार्बोहाइड्रेड – २२ दशमलव ६ क्याल्सियम – १० मि.ग्रा. भिटामिन ए – ४० मि.ग्रा. भिटामिन सी – १७ मि.ग्रा. चिल्लो पदार्थ –