Posts

Showing posts from June 18, 2017

राजपाका कार्यकर्ता पक्राउ परेपछि नवलपरासीमा शान्तिपुर्ण मनोनयन

वृजराज कुशवाहा, नवलपरासी, ४ असार । राजपा नेपालको चुनावी कार्यक्रममा अवरोध गर्ने तयारीका बावजुद पनि नवलपरासीमा मनोनयन दर्ताको कार्य शान्तिपुर्ण तवरले सम्पन्न भएको छ । जिल्लाको ७ वटै स्थानीय तहमा उम्मेदवारहरुले उल्लासका साथ मनोनयन दर्ता गराएको र निर्वाचनको काममा कुनै बाधा अवरोध नभएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताउनुभएको छ । नवलपरासीमा राजपा अाफ्नै कारणले शक्ति गुमाउन पुगेकाे विश्लेषकहरूकाे बुझाइ छ । शनिवार राजपाकाे विराेध कार्यक्रम परासीमा राजपा अध्यक्ष मण्डल संयाेजक महन्थ ठाकुर मञ्चमा बाेलीरहदा अाफ्नै कार्यकर्ताले उत्पात मच्चाए । उपाध्यक्ष हृदयेश त्रिपाठी कार्यकर्तालाइ शान्त बनिदिन हार गुहार गरिरहे, ठाकुर बाेलीरहेकाे माइक लिएर बिन्ति गरिरहे तर उनकै कार्यकर्ता उनलाइ टेरेनन् । न त कार्यकर्ताले नै टेरे न त प्रहरीले नै । र अश्रुग्यास र गाेली चल्न थाले । फेला परेकाे नेकपा एमालेकाे टिशर्ट जलाउनका लागि धैर्यता गुमाए र हतार हतारमा अागाे लगाएपिछ माहाैल अशान्त बन्न पुगेकाे प्रत्यक्षदर्शीहरूले बताए । धरपकड शुरू गर्याे प्रशासनले र जिल्ला स्तरका नेता नियन्त्रणमा परेपछि मनाेनयनमा अवराेध

नवलपरासीमा संघिय समाजवादी फोरम नेपाल, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक र नया शक्तिबीच चुनावी तालमेल

वृजराज कुशवाहा, नवलपरासी, ४ असार । पार्टी केन्द्रिय कमिटिको निर्देशनका बावजुद पनि अलमलमा परेका संघिय समाजवादी फोरम नेपाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दिएका छन् । जिल्लामा राजपाको प्रभावका कारण आफुहरु चुनवामा जादा मधेशबाट एक्लिने हो कि भन्ने मानसिक दबावमा परेका उनीहरु अन्ततः नया शक्तिसंग चुनावी तालमेल गरि उम्मेदवारी दर्ता गराएका हुन् । यस अघी उनीहरु केन्द्रमा जे जस्तो निर्णय भएपनि जिल्लामा राजपाको साथमा उभिने प्रतिबद्धता जनाएका थिए । जिल्लाको प्रतापपुर र सरावल गाउपालिका गरि २ स्थानीय तहमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकले उम्मेदवारी दर्ता गराएको छ । सुस्ता र पाल्हीनन्दन गाउंपालिका गरि २ स्थानीय तहमा संघिय समाजवादी फोरम नेपालले आफना उम्मेदवार उठाएको छ । रामग्रााम, सुनवल र बर्दघाट नगरपालिका गरी ३ स्थानीय तहमा नयां शक्तिले उम्मेदवारी दिएको छ । उनीहरु आ आफनो चुनाव चिन्हमा उम्मेदवारी दर्ता गराएका हुन् । संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले पनि उम्मेदवारी दिएका छन् । उनले पाल्हीनन्दन गाउंपालिकाकाे अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । त्यहा उपाध्यक्ष