राजपाका कार्यकर्ता पक्राउ परेपछि नवलपरासीमा शान्तिपुर्ण मनोनयन

वृजराज कुशवाहा, नवलपरासी, ४ असार ।
राजपा नेपालको चुनावी कार्यक्रममा अवरोध गर्ने तयारीका बावजुद पनि नवलपरासीमा मनोनयन दर्ताको कार्य शान्तिपुर्ण तवरले सम्पन्न भएको छ । जिल्लाको ७ वटै स्थानीय तहमा उम्मेदवारहरुले उल्लासका साथ मनोनयन दर्ता गराएको र निर्वाचनको काममा कुनै बाधा अवरोध नभएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताउनुभएको छ ।
नवलपरासीमा राजपा अाफ्नै कारणले शक्ति गुमाउन पुगेकाे विश्लेषकहरूकाे बुझाइ छ । शनिवार राजपाकाे विराेध कार्यक्रम परासीमा राजपा अध्यक्ष मण्डल संयाेजक महन्थ ठाकुर मञ्चमा बाेलीरहदा अाफ्नै कार्यकर्ताले उत्पात मच्चाए । उपाध्यक्ष हृदयेश त्रिपाठी कार्यकर्तालाइ शान्त बनिदिन हार गुहार गरिरहे, ठाकुर बाेलीरहेकाे माइक लिएर बिन्ति गरिरहे तर उनकै कार्यकर्ता उनलाइ टेरेनन् । न त कार्यकर्ताले नै टेरे न त प्रहरीले नै । र अश्रुग्यास र गाेली चल्न थाले । फेला परेकाे नेकपा एमालेकाे टिशर्ट जलाउनका लागि धैर्यता गुमाए र हतार हतारमा अागाे लगाएपिछ माहाैल अशान्त बन्न पुगेकाे प्रत्यक्षदर्शीहरूले बताए ।
धरपकड शुरू गर्याे प्रशासनले र जिल्ला स्तरका नेता नियन्त्रणमा परेपछि मनाेनयनमा अवराेध पुर्याउने राजपाकाे याेजना निस्प्रभावी बन्न पुगेकाे धेरैकाे बुझाइ छ । जसले अाज अाइतवार पनि प्रहरीले धरपकड जारी नै राख्याे ।
नवलपरासी स्थित पुर्वपश्चिम राजमार्ग क्षेत्रमा रहेका दुइ नगरपालिका सुनवल र बर्दघाटमा दलहरुले बाजागाजाका साथ उल्लासमय वातावरणमा उम्मेदवारी दर्ता गराए । मधेशी बस्ती बाहुल्य क्षेत्रमा राजपा नेपालका कार्यकर्ताबाट अवरोध हुने आशंकामा उम्मेदवारहरुले समान्य रुपमा निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका छन् ।
पुर्व निर्धारित कार्यक्रम भएपनि राजपाले मनोनयन दर्ता कार्यमा खासै अवरोध गर्न सकेन । प्रतापपुर गाउंपालिकामा नाराबाजी गर्दे गरेका राजपाका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजपाका कार्यकर्ता ढिलो गरी अवरोध गर्न पुगेका थिए भने नेपाली कांग्रेसका उम्मेदवारहरुले शुरुमै मनोनयन दर्ता गराएका हुन् ।
हिजो र आज गरी करीब ४० जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुलाई मधेशी बाहुल्य क्षेत्रभन्दा बाहिरको प्रहरीचौकीहरुमा राखिएको छ । हिजो सांझ परासीको रोयल होटेलमा बसेर छलफल गरीरहेका राजपा संयोजक पुरन चौधरी, राजपा नेपाल सदस्य विजय अग्रहरी, पुर्व शिक्षा राज्यमन्त्रि गोविन्द चौधरीलाइ नियन्त्रणमा लिएको थियो । आज विहान परासीको बद्धचोकबाट राजपा सदस्य लक्ष्मी नारायण गुप्ता सहित ३ जनालाई प्रहरीले पक्रिएको छ । हिजो परासीमा राजपाका केन्द्रिय नोहरुको उपस्थितीमा भईहरेको विरोध सभा लगत्तै हैदर अलि मोमिन, राजेन्द्र तिवारी, अशोक गुप्ता लगायत १७ जनालाई नियन्त्रणमा लिएको थियो ।
नवलपरासीको अवस्था सहज हुदै गएको छ भने जिल्ला भरी सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, र नेपाली शेनाको टोलीहरुलाई चोक चोकमा तैनात गरिएको छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day