Posts

Showing posts from November 13, 2012

‘पात्तिएका’ पण्डित सपार्न परिवारको बिलाप

Image
सत्तचरित्र फलाक्ने गुरु कुबाटोमा लागेको आरोप 66 २७ कात्तिक, काठमाडौं । श्रीमद्भागवत फलाकेर दुनियाँलाई सत्चरित्र र सत्मार्गमा लाग्न प्रेरित गर्ने पण्डित नै खराब बाटोमा लागेपछि उनका परिवार हैरान भएका छन् । देशबिदेशमा पुगेर पुराण भट्याउने युवा पुराण वाचक पण्डित दीनबन्धु पोखरेल तरुनीको चक्करमा लागेपछि परिवारका सदस्यलाई छटपटी बढाएको हो । लौ पण्डितलाई सपार्नुपर्यो, यसले घरपरिवार बिगार्यो, श्रीमती र छोरीलाई बिचल्ली बनायो, मानसम्मानमा नै आघात पार्यो भनेर उनका परिवार हारगुहार गर्दैछन् । साढे तीन वर्षअघि रुपन्देही मुर्गियाकी बिमलासँग बिहाह गरेका पोखरेलकी तीन वर्षकी छोरी समेत छिन् । बिहे गरे लगत्तै श्रीमतीलाई हेलाँ गर्न थालेका उनी परस्त्रीसँग लागेका उनका परिवारका एक सदस्यले अनलाइनखबरलाई बताए । पण्डित पोखरेलले श्रीमती बिमला र छोरी दिविसालाई चितवनको बैरियामा राखेका छन् । छोरी र श्रीमतीलाई चितवनमा थन्क्याएर पण्डित पोखरेल भने तरुनी फेर्दै हिँड्ने गरेको उनकै परिवारको आरोप छ । पण्डितका परिवारका अनुसार दीनबन्धुले तनहुँ डुमे्रकी यशोदासँग विवाह गर्ने वाचा गरेका छन् । यशोदासँग मात्रै होइ