Posts

Showing posts from October 30, 2012

दशैंमा घर अएका नेपालीको रहस्यमय मृत्यू

                          नवलपरासीको त्रिवेणी स्थित नारायणी नदीमा अज विहान एक युवक मृत अवस्थामा भेटिएका छन् । त्रिवेणी स्थित गण्डक व्यारेज नजिकै मृत अवस्थामा फेला पारेपछि स्थानीयवासीन्दाले त्रिवेणी प्रहरीलाइ खबर गरेका हुन । शव नरसही गाविस ९ का ३० वर्षीय मन गुरूङको रूपमा पहिचान भएको छ । गुरूङ गाउकै केही साथीहरूसंग घुम्नका लागि हिजो सांझ घरबाट निस्केको अाफन्तहरूको भनाइ छ । उनीसंगै गएका साथीहरूमध्ये स्थानीय ३२ वर्षीय शंकर गुरूङ पनि घाइते रहेको कुरा खुल्न अएकाले अपसमा कुटाकुट गरेको र सोही घटनामा गुरूङको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको बताइएको छ । उनी दशैंमा टिका लगाउन ५ वषर्पछि साउदीबाट नेपाल अाएका बताइएको छ । प्रहरिले अनुसन्धान जारी राखेको बताएको छ । .................................