Posts

Showing posts from August 22, 2015

प्रशासनले भैरहवा घटनालाई साम्प्रदायिक बनाउन खोजेको आरोप

Image
जुलुसमा सादा पोशाकका सेनाको घुसपैठ भएको भण्डाफोर ,   समाचार प्रकाशन नभए पत्रकारलाई कार्वाही गर्ने कडा चेतावनी   प्रारम्भिक संविधानको मस्यौदामा ल्याईएको ६ प्रदेशको संरचनाले मधेशीको हकहित नगर्ने दावी गर्दै आन्दोलित बनेका थरुहट मधेशी संयुक्त मोर्चाले आह्वान गरेको मधेश बन्दको १२ आें दिन आज सुक्रवार परासीमा वृहत विरोध सभामा नेताहरु आक्रामक देखिए । पत्रकारलाई चेतावनी दिएका छन् भने भैरहवा घटनामा सेनाको घुसपैठ रहेको आरोप लगाएका छन्    सभामा तमसपाका नवलपरासी अध्यक्ष मुकुरजी गिरीले भैरहवामा भदौ ३ गते भएको घटना सुनियोजित भएको बताएका छन् । भैरहवा प्रशासनले सेनाका जवानलाई शादा पोशाकमा परिचालन गरी मधेशीमोर्चाको आन्दोलनमा घुसपैठ गराई आन्दोलनलाई साम्प्रदायिक बनाउने प्रयास गरेको रहस्यको खुलासा भएको दावी गरेका छन् । मधेशमा हक अधिकारको आवाजले उचाई पाउदै गएको अवस्थामा सरकारको नियन्त्रणको प्रयास असफल बनेका कारण त्रसित बनेको प्रशासनले मधेश आन्दोलनलाई कमजोर बनाउन मधेशमा साम्प्रदायिक आगो सल्काउन खोजेको गिरीको दावी छ । भैरहवामा आन्दोलनमा उत्रेका मधेशवादीको विरोध जुलुसमाथि पहाडे मूलकाले स्वतःस्फुर्त आक्र