Posts

Showing posts from December 31, 2012

आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन

नवलपरासी , जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तरखरमा रहेको अवस्थामा जिल्ला विकास समिति नवलपरासी कठिन चुनौतीको बीच घेरिएको छ । नवलपरासीको कोल्हुवा गाविसका आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन । २ हजार १ सय घरधुरी रहेको गाविस कोल्हुवामा १ हजार १ सय घरधुरीमा कुनै सौंचालय नभएको बताउदै गाविस सचिव तथा अध्यक्ष बाबुराम पौडेलले सचेतनाको अभावमा स्थानीयवासीन्दामा रुची नआएको कारणले समस्त गाविस समस्यामा रहेको जानकारी गराए । नन्दभाउजु उपभोक्ता समितिको सभाहलमा निड्सले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवाललाई सम्बोधन गर्दै गाविस सचिव तथा अध्यक्ष पौडेलले बताएका थिए । जिविस नवलपरासीले लिएको लक्षित समयमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने समस्या उजागर भएपछि स्थानीयवासीले आर्थिक सहयोगको माग गरेका थिए । कार्यक्रम निड्स चितवनको सल्लाहकार सत्य नारायण चौधरीको सभापतित्व तथा पत्रकार वृजराज कुशवाहाको संचालन भएको थियो । वृजराज कुशवाहा पौष १६ ..................................