आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन



नवलपरासी,
जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तरखरमा रहेको अवस्थामा जिल्ला विकास समिति नवलपरासी कठिन चुनौतीको बीच घेरिएको छ ।
नवलपरासीको कोल्हुवा गाविसका आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन । २ हजार १ सय घरधुरी रहेको गाविस कोल्हुवामा १ हजार १ सय घरधुरीमा कुनै सौंचालय नभएको बताउदै गाविस सचिव तथा अध्यक्ष बाबुराम पौडेलले सचेतनाको अभावमा स्थानीयवासीन्दामा रुची नआएको कारणले समस्त गाविस समस्यामा रहेको जानकारी गराए ।
नन्दभाउजु उपभोक्ता समितिको सभाहलमा निड्सले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवाललाई सम्बोधन गर्दै गाविस सचिव तथा अध्यक्ष पौडेलले बताएका थिए । जिविस नवलपरासीले लिएको लक्षित समयमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने समस्या उजागर भएपछि स्थानीयवासीले आर्थिक सहयोगको माग गरेका थिए ।
कार्यक्रम निड्स चितवनको सल्लाहकार सत्य नारायण चौधरीको सभापतित्व तथा पत्रकार वृजराज कुशवाहाको संचालन भएको थियो ।
वृजराज कुशवाहा पौष १६
..................................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day