आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन



नवलपरासी,
जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तरखरमा रहेको अवस्थामा जिल्ला विकास समिति नवलपरासी कठिन चुनौतीको बीच घेरिएको छ ।
नवलपरासीको कोल्हुवा गाविसका आधाभन्दा बढी घरधुरीमा सौंचालय छैन । २ हजार १ सय घरधुरी रहेको गाविस कोल्हुवामा १ हजार १ सय घरधुरीमा कुनै सौंचालय नभएको बताउदै गाविस सचिव तथा अध्यक्ष बाबुराम पौडेलले सचेतनाको अभावमा स्थानीयवासीन्दामा रुची नआएको कारणले समस्त गाविस समस्यामा रहेको जानकारी गराए ।
नन्दभाउजु उपभोक्ता समितिको सभाहलमा निड्सले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिले उठाएको सवाललाई सम्बोधन गर्दै गाविस सचिव तथा अध्यक्ष पौडेलले बताएका थिए । जिविस नवलपरासीले लिएको लक्षित समयमा जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न नसकिने समस्या उजागर भएपछि स्थानीयवासीले आर्थिक सहयोगको माग गरेका थिए ।
कार्यक्रम निड्स चितवनको सल्लाहकार सत्य नारायण चौधरीको सभापतित्व तथा पत्रकार वृजराज कुशवाहाको संचालन भएको थियो ।
वृजराज कुशवाहा पौष १६
..................................

Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

राजीनामा दिनुकाे प्रष्टिकरण

निषेधाज्ञा हामी सबैको हितमा छ, यसलाई सबैले पालना गरौं: रेडक्रस अध्यक्ष अग्रहरी