Posts

Showing posts from February 2, 2013

उखुको आन्दोलन सफल बनाउन कार्यकर्ताद्धारा पार्टी परित्याग

नवलपरासी, उखु किसानको आन्दोलनमा आफनै पार्टीका मन्त्रीले सहयोग गर्नुको साटो असहयोग गरेको भन्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् । वर्तमान सरकारका मन्त्री समेत रहेका तमलोपाका केन्द्रिय उपाध्यक्ष हृदयेश त्रिपाठीले उखु किसानको आन्दोलनलाई असहयोग गरेको कुरा सार्वजनिक भएपछि जिल्लाका कार्यकताहरु उनको विरोधमा पार्टी परित्याग गरेको हुन् । पार्टीका केन्द्रिय सदस्य रहनुभएका नवलपरासीका प्रभावशाली नेता अशोक जंग राणा सयौं कार्यकर्ताका साथ सनिवार पार्टी परित्याग गरेको जानकारी पत्रकार सम्मेलनमा गराईयो । सञ्चारकर्मीसंग कुरा गर्दै केन्द्रिय सदस्य राणाले स्वतःस्फुर्त रुपमा आन्दोलनमा उत्रेका उखु किसानहरुमाथि माघ १५ गते परासीमा लाठीचार्ज गर्नुका साथै गिरफ्तारीमा लिएपछि पनि कुटपिट गरेको घटनामा तमलोपाका केन्द्रिय उपाध्यक्ष तथा वर्तमान सरकारका मन्त्री त्रिपाठीले आफुहरुलाई कुनै प्रकारको सहयोग नगरेको बताए । त्रिपाठीले एक कल फोन समेत नगरेको बताए । तमलोपाका जिल्ला प्रवक्ता रहनुभएका उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादवले मन्त्री त्