उखुको आन्दोलन सफल बनाउन कार्यकर्ताद्धारा पार्टी परित्याग

नवलपरासी, उखु किसानको आन्दोलनमा आफनै पार्टीका मन्त्रीले सहयोग गर्नुको साटो असहयोग गरेको भन्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य सहितका कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।
वर्तमान सरकारका मन्त्री समेत रहेका तमलोपाका केन्द्रिय उपाध्यक्ष हृदयेश त्रिपाठीले उखु किसानको आन्दोलनलाई असहयोग गरेको कुरा सार्वजनिक भएपछि जिल्लाका कार्यकताहरु उनको विरोधमा पार्टी परित्याग गरेको हुन् । पार्टीका केन्द्रिय सदस्य रहनुभएका नवलपरासीका प्रभावशाली नेता अशोक जंग राणा सयौं कार्यकर्ताका साथ सनिवार पार्टी परित्याग गरेको जानकारी पत्रकार सम्मेलनमा गराईयो । सञ्चारकर्मीसंग कुरा गर्दै केन्द्रिय सदस्य राणाले स्वतःस्फुर्त रुपमा आन्दोलनमा उत्रेका उखु किसानहरुमाथि माघ १५ गते परासीमा लाठीचार्ज गर्नुका साथै गिरफ्तारीमा लिएपछि पनि कुटपिट गरेको घटनामा तमलोपाका केन्द्रिय उपाध्यक्ष तथा वर्तमान सरकारका मन्त्री त्रिपाठीले आफुहरुलाई कुनै प्रकारको सहयोग नगरेको बताए । त्रिपाठीले एक कल फोन समेत नगरेको बताए ।
तमलोपाका जिल्ला प्रवक्ता रहनुभएका उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश चन्द यादवले मन्त्री त्रिपाठीको चिनी मिलका मालिकहरुसंग अवैध गठबन्धन रहेको र उनका परिवारले पनि मिलमालिकहरुसंग मिलेर किसानको अहितमा काम गर्ने गरेकोले आजित भएर पार्टी परित्याग गरेको बताए । उनले मिलहरुसंग दलाली गर्ने गरेको आरोप समेत लगाए । उखुको उचित मुल्यका लागि संघर्ष गरिरहदा आफनै पार्टी सरकारमा रहने र आफनै कार्यकर्ता उचित मूल्यका लागि सडक संघर्षमा जानुपर्दा विभिन्न क्षेत्रबाट हामीमाथि प्रश्न उठिरहेकोले किसान हितका लागि आफुहरु यस पार्टीमा बसीरहन उचित थिएन, जसले नैतिकताले पार्टी परित्याग गरेको स्पष्ट्याए ।
तमलोपाका केन्द्रिय सदस्य राणाले जहांका १० हजार बढी किसान उखु खेती गर्छन् र १ सय भन्दा बढी उखु क्रसर तथा ४ वटा ठुला चिनी उद्योगहरु सचालन भएर प्रत्यक्ष अप्रत्यक्ष रुपमा ५० हजार बढीको रोजगारी जुटेका किसानलाई असहयोग गरेको खुलासा भएको बताए । राणाले आन्दोलनमा प्रहरी लगाई दमन गराएकाले अब किसानको भलोको लागि आन्दोलनमा जानुको विकल्प नदेखेर उखु किसानको संघर्षलाई फलिभूत बनाउनका लागि पार्टी छाडेको समेत बताए ।
उखु आन्दोलनका अगुवाहरुले गरेको पार्टी परित्याग जस्तो कठोर त्यागलाई नवलपरासी किसानले स्वागत गरेका छन् । नेपाल किसान संघका अध्यक्ष श्रवण कुमार कुशवाहाले यसले उखु किसानको हकहितलाई दिर्घकालीन रुपमा उचाईमा पुर्याउछ र उद्योगपति र सरकारलाई ठिक ठाउमा रहेर किसानको हकहितलाई सर्वाेपरी मानेर काम गर्न विवश बनाउंने बताउनुभएको छ ।
उखु उत्पादनको प्रमुख क्षेत्र मानिने नवलपरासी जिल्लाको प्रतापपुर गाविस ९ अठिलहीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी परित्याग गर्नेमा तमलोपाका केन्द्रिय सदस्यका साथै निर्वाचन क्षेत्र नं. ६ का १४ जनामध्ये ७ जना एकाई अध्यक्षहरु, क्षेत्रिय उपाध्यक्ष, क्षेत्रिय सचिव, किसान फ्रन्टका क्षेत्रिय अध्यक्ष, क्षेत्रिय प्रतिनिधि र जिल्ला कार्य समितिका प्रवक्ता समेत रहेका छन् ।
वृजराज कुशवाहा माघ २०
...........................

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day