Posts

Showing posts from June 3, 2019

भारतीय बालक नेपालमा फेला

Image
भारत उत्तर प्रदेशकाे गाेरखपुर शहर स्थित सेमरा घर बताउने अन्दाजी वर्षे १० बालक किशन विश्वकर्मा पश्चिम नवलपरासीकाे गुठी परसाैनीमा अाज साेमवार फेला परेका छन् । बालक घरबाट अाजै भागेकाे बताएका छन् । जीप चढेर निचलाैल झुलनीपुरकाे बाटाे हुंदै गुठी परसाैनी गाउं पुगेकाे र पिपल बाेट तल बसीरहेकाे अवस्थामा भेटेपछि अनलाइन जनता डटकमलाइ जानकारी गराएका हुन् । स्थानीय प्राथिमक विद्यालय सेमरामा कक्षा ४ मा पढने बताएका छन् । उनका अनुसार उनलाइ पढाउने मैडमकाे नाम स्वेता हाे । उनका एक प्रिय साथीकाे नाम अभिमन्यु र अर्का दिलिप लाेहार हुन् । उनकाे बुवाकाे नाम दुबर्बल लाेहार तथा अामाकाे नाम अञ्जनी बताएका छन् । मामा ब्रह्मा एक फर्निचर पसलमा काम गर्छन् । उनी अाफु ३ भाइ र २ बहिनी रहेकाे बताएका छन् । बालक नेपाल प्रहरीलाइ जिम्मा लगाइएकाे छ । नेपाल प्रहरीलाइ वा म वृजराज कुशवाहालाइ फाेन 009779857024072 मा सम्पर्क गृनसक्नुहुन्छ । मानव सेवा नै धर्म हाे । धन्यवाद