दिर्घकालिन उपयोगको सोंच ल्याउनुपर्ने
दशैं पर्व चल्दैछ । ठाउठाउमा दुर्गा मुर्ति बनाइ भव्यताका साथ पुजा गरिदैछ । मुर्ति निर्माण , पुजा सामाग्री , नाचगान , सजावटमा लाखों रकम खर्चिने गरिएको छ । हरेक स्थानमा भैरहेको यो खर्चको कुनै दिगोपना छैन । अर्थात पुजा सकिएपछि यस लागतको कुनै अवशेष बच्दैन । यसरी धर्म र पुजाको नाममा चन्दा उठाइने र खर्च गरिने यस रकमको दिर्घकालिन सोंचका साथ प्रयोग गर्ने हो भने पुजाका साथै साथै ठोस भैातिक संरचना पनि तयार हुनेथ्यो । जुन यसै समाजका लागि धरोहर बन्थ्यो । यो क्रम फेरी मधेशमै व्याप्त छ । यसबारे सोच्नु पर्ने होइन त ? हामीले नसोंचे कसले सोंच्ने ? यो सोंच अहिले नगरे कहिले गर्ने ? विचार गर्नुस त यसरी खर्चिने लाखों रकमको भोतिक अवशेष केही पनि बाकी नरहंदा लगानी खेर गएको जस्तो लाग्दैन र तपाइलाइ ? चन्दाको यस रकमको प्रयोग पुजा मै भएपनि दिगो प्रयोजनका लागि भएको छैन । अाज हजारेां रूपिया खर्च गरी बनाइएको माटोको मूर्ति फाल्ने गरिएको छ । अर्थात हजारों रूपिया खेर गैरहेको छ । यसलाइ स्थायीत्व दिउं । स्थायीत्व दिदा दिगो हुन्छ । एकपटक बनाएको संरचना वर्षोंका लागि हुन्छ । भावी वर्ष