Posts

Showing posts from July 28, 2012

AWC NAWALPARASI

जवाफदेहीता निगरानी समिति नवलपरासीले आउदो साउन १५ गते  परासीमा "मानवधिकार   जवाफदेहिताका लागि जिम्मेवार को ?" विषयक  एक बृहत संवाद कार्यक्रमको आयोजना गर्दैछ. कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी बीर बहादुर राई रहनुहुनेछ . कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका नेता , मानवाधिकारकर्मी , प्रहरी प्रमुखहरु , सरकारी गैरसरकारी संघ संस्थाको उपस्थिति रहनेछ , तपाइँ पनि आउनुहोला . निमंत्रना छ . स्थान :  जिल्ला सहकारी संघ नवलपरासीको  सभाहलमा समय:   बिहान ११ बजे   बाकि थप जानकारी यसैमा पाउनुहुनेछ  हेर्दै गर्नुहोला ...........

त्रिवेणी दुर्घटनामा ज्यान गुमाएको स्मृतिमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा

Image
 त्रिवेणी दुर्घटनामा ज्यान गुमाएको स्मृतिमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा           नवलपरासीको त्रिवेणी ९ स्थित ठुलो गण्डक नहरमा गत असार ३१ गते बस दुर्घटनामा परी ४० जनाले ज्यान गुमाएको १३ औ दिनको पुन्यतिथीमा  सुक्रवार  दुर्घटना स्थलमा स्वस्ती शान्ति तथा श्रद्धाञ्जली सभा गरिएको छ ।  स्थानीय समाज सेवी मोतिलाल उपाध्यायको अध्यक्षाता र प्रमुख जिल्ला अधिकारी विरवहादुर राईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा उज्जवल शिशु माविका प्रध्यानाध्यापक प्रकाश कुवंर भारत विहार वाल्मिकी नगर हियुूमन ट्राफिक अध्यक्ष चन्द्रु चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।             कार्यक्रममा प्रमुख अतिथी नवलपरासीका प्रमुख जिल्ला अधिकारी वीर बहादुर राईले मृतकलाई श्रद्धान्जली तथा परीवारलाई समवेदना व्यक्त गर्दे उहाले भन्नुभयो – पुराना भईसकेका र समयसिमा सकिएको सवारी साधनहरु यस रुटमा अत्याधिक मात्रामा चलिराखेको हुनाले दुर्घटना निम्तिएको हो । उहांले त्यस्तो समयसिमा नाघेको सवारी साधन बन्देज गराउनका लागि प्रशाशन र समितीबिच छिट्टै छलफल भइरहेको समेत जानकारी गराउनुभयो । मृतकका परिवारलाई कृयाखर्च वापत