Posts

Showing posts from March 29, 2013

नवलपरासीमा नागरिकता बिहिनद्धारा संघर्षको चेतावनी

नवलपरासी नागरिकता पाउनबाट वञ्चित रहेका मधेशी यूवाहरुको एक समूहले नवलपरासीको परासीमा आज एक बृहत र्यालीको आयोजना गरी प्रमुख जिल्ला अधिकारीसंग तत्काल नेपाली नागरिकता प्रमाणपत्र उपलब्ध गराउन माग गरेको छ । राज्य बिहिन मधेशी युवा संघर्ष समिति नवलपरासीको गठन गर्दै नवलपरासीका मधेशी यूवायूवतीहरुले नागरिकता नदिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । नवलपरासीका सबै मधेशवादी राजनीतिक दलका नेताहरु संलग्न र्यालीपछि प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा जन्मका आधारमा नागरिकता पाएका अभिभावकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने लगायतका ७ बूंदे माग अगाडि सारिएको छ । आमाका नागरिकता भएका परिवारका व्यक्तिहरुबारे सजमिन गरी गाबिसको सिफारिसमा वंशजको आधारमा नागरिकता दिन अड्चन पैदा गर्ने जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई कार्वाही गर्न माग गरिएको छ । वंशज तथा विवाहका आधारमा नागरिकता प्राप्त गर्ने पर्याप्त आधार हुँदा पनि नागरिकताको महत्व नबुझेर नबाउने महिलाहरुका लागि राज्यले चेतना स्तर उकास्ने कार्यक्रम ल्याउनुपर्ने तर्फ ध्यानाकर्षण गरिएको छ । अपांगता भएका तथा आर्थिक अवस्था ज्या