Posts

Showing posts from January 10, 2013

श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता सम्पन्न

Image
नवलपरासीको डम्बर निमावि पिपरपाती बैरियामा संचालित ४ दिने श्रोतकेन्द्र स्तरिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितमा प्रावितर्फ कोटही देवी प्रावि माधवपुर तृतिय स्थान हासिल गरेको छ । त्यस्तै सरस्वती देवी प्रावि नन्दनगर द्धितिय र जनता दलित प्रावि सुस्ता प्रथम स्थान हासिल गरेको छ । त्यस्तै आधारभुत तर्फ संचालित गरिएको खेल प्रतियोगितामा जन जागृति उच्च मावि गूठी परसौनी तृतिय स्थान हासिल गरेको छ भने नेपाल राष्ट्रिय मावि नरसही द्धितिय र राष्ट्रिय उच्च मावि छिबनी प्रथम स्थान हासिल गरेको छ । खेल अलग अलग २ विधामा संचालित गरिएको थियो । आधारभुततर्फ श्रोतकेन्द्रमा भएका सबै माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले भाग लिएका थिए भने प्रावितर्फको खेलमा श्रोतकेन्द्र अन्तर्गतका सबै प्राथमिक विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । आयोजकले उत्कृष्ठ खेलाडीलाई पनि पुरष्कृत गरेको छ । प्रावि छात्रातर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार दलित प्रावि सुस्ताकी छात्रा बुधनी थारु र प्रावि छात्रतर्फको उत्कृष्ठ खेलाडीको पुरस्कार नन्दनगरका खेम बहादुर कुमाललाई प्रदान गरेको छ । त्यस्तै, आधारभुततर्फका