Posts

Showing posts from January 10, 2016

मधेश उपनिवेश

सुजीतकुमार झा पृथ्वीनारायण शाहले मकवानपुर र उपत्यका आफ्नो अधिनमा लिए पछि सर्वप्रथम राज्यसत्ताको मेरुदण्ड सैन्य संगठनबाट तिरहुतिया सेनालाई हटाई तराई बासीहरुलाई सधैंको लागि पूर्णतः निषेधित गरे । त्यस पछि बृटिश ईष्टइण्डिया कम्पनीलाई तराईको कुत बुझाउदै पुस्तौ – पुस्तादेखि उपभोग गर्दै आएका उर्वर – भूमि पृथ्वीनारायण शाहले सैन्यबलद्वारा खोसेर राजपरिवारका सदस्यहरु , भारदारहरु , सैनिक उच्चअधिकारीहरु , उच्च पदस्थ कर्मचारीहरु , राजगुरु , राजपुरोहितको नाममा बक्सीस , विर्ता , जमीन्दारी , जागीरदारी , तालुकदारी , गुठी आदिको रुपमा वितरण गरि तराई बासीहरुलाई भू – दास बनाए । यस महेशचन्द्र रेग्मी १९८४ , ह्योमे के , २००५ का अनुसार “ तराईलाई भर्खरै स्थापित नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रुपमा रहेका पहाडे मूलका काठमाण्डौका कुलिन र भारदारहरुलाई आर्थिक र अरु किसिमले लाभ पु ¥ याउने उपनिवेसका रुपमा लिइएको थियो ” । २०२१ साल सम्ममा सम्पूर्ण तराईको ७० प्रतिशतभन्दा बढी जमिन चाही “ राणा(शाह , दरवारका भारदार र काठमाण्डौंका सम्भ्रान्तहरुकै मौजा थियो (गौतम भास्कर २०७०) । १९ औं शताब्दीको मध्यमा तरा