मधेश उपनिवेश
सुजीतकुमार झा
पृथ्वीनारायण शाहले
मकवानपुर र उपत्यका आफ्नो अधिनमा लिए पछि सर्वप्रथम राज्यसत्ताको मेरुदण्ड सैन्य
संगठनबाट तिरहुतिया सेनालाई हटाई तराई बासीहरुलाई सधैंको लागि पूर्णतः निषेधित गरे
। त्यस पछि बृटिश ईष्टइण्डिया कम्पनीलाई तराईको कुत बुझाउदै पुस्तौ–पुस्तादेखि उपभोग गर्दै
आएका उर्वर–भूमि
पृथ्वीनारायण शाहले सैन्यबलद्वारा खोसेर राजपरिवारका सदस्यहरु, भारदारहरु, सैनिक उच्चअधिकारीहरु, उच्च पदस्थ कर्मचारीहरु, राजगुरु, राजपुरोहितको नाममा बक्सीस, विर्ता, जमीन्दारी, जागीरदारी, तालुकदारी, गुठी आदिको रुपमा वितरण गरि
तराई बासीहरुलाई भू–दास
बनाए ।
यस महेशचन्द्र रेग्मी १९८४, ह्योमे के, २००५ का अनुसार “तराईलाई भर्खरै स्थापित
नेपालको शक्तिको श्रोत (कन्स्टिचुयन्ट युनिट) का रुपमा रहेका पहाडे मूलका
काठमाण्डौका कुलिन र भारदारहरुलाई आर्थिक र अरु किसिमले लाभ पु¥याउने उपनिवेसका रुपमा
लिइएको थियो” ।
२०२१ साल सम्ममा सम्पूर्ण
तराईको ७० प्रतिशतभन्दा बढी जमिन चाही“ राणा(शाह, दरवारका भारदार र
काठमाण्डौंका सम्भ्रान्तहरुकै मौजा थियो (गौतम भास्कर २०७०) । १९ औं शताब्दीको
मध्यमा तराईको विभिन्न जिल्लामा व्यापक रुपमा वन विनास गरेर उर्वर खेतीभूमीको
रुपमा विकास गरिएको पाईन्छ र यो गर्ने गराउने मधेशि नभएर यिनै पहाडी जमिन्दारहरु
थिए । तराई मधेशका केहि हुने खाने व्यक्तिहरुलाई हेरेर सवैलाई तराईको जमिन्दार
ठान्नु बकवास मात्रै हो ।
सन् १९७० को दशकको शुरुमा
सरकारले भुतपुर्व सैनिक र अरु पहाडियाहरुलाई मधेसमा वसोवास गराउनुको मुख्य
उद्धेश्य मधेसीहरुको जनसंख्या घटाएर मधेसीहरुलाई मधेसमा अल्पसंख्यामा पु–याउनु हो भनेर नेपाली
समाचारहरुले लेखेका थिए (गेइज १९७५) ।
सन् १९६५ मा तत्कालिन राजा
महेन्द्रको सवारी अछाम हुदा भएको हुकुम वक्समा तराईको उर्वरा वन जंगल भूमीमा
सत्तालाई सहयोग गर्ने परिवारलाई वसाई सराई गराउने भन्ने निर्देशन भएबाट पश्चिम
तराईका जिल्लाहरुमा वन फडानी गरि पहाडीहरुलाई बसाए तर थारु कमैयाहरुले जग्गा पाएन
(सुसान, जे र
अन्य १९९५)।
पुनरवास कम्पनीको नाममा सन्
१९८५ सम्ममा ३,५६,४०० विगहा तराईकोे वन
फाँडेर ८३ हजार परिवारलाई राज्यसत्ता टिकाउन र राजनैतिक सोचले समर्थकहरुलाई वसाई
सराई गराए (अधिकारी जे र अन्य २००६) ।
२०१८ सालमा हुलाकी मार्गको
वेवास्ता गरि तराईको वन काटी चुरेको नजिक भएर महेन्द्र राजमार्ग निर्माण गरे जसले
अघोषित रुपमा मधेशी र पहाडी समुदाय बीच रेखा र सिमा खडा गर्यो । हुलाकी राजमार्ग
नै देशको मुख्य राजमार्ग भएको भए दुइटै समुदाय एक आपसमा घुल मिल हुन्यो । २०२० साल
देखि २०४१ साल सम्ममा अधिराज्य भरिमा ५,७०,००० हेक्टर वन विनास भयो र
यी सवै जग्गा सत्ता नजिक भएका पहाडी समुदायलाई नै वितरण गर्यो ।
तत्कालिन शासकहरुले किन
तराई मधेशका सुकुमवासीलाई जग्गा वितरण गरेन ? के यो राष्ट्रिय सम्पति वन
विनास गरेर एउटा समुदायले व्यक्तिगत सम्पति वनाउनु भ्रस्टाचार र विभेद होइन ? आफ्नो अनुहार र रंगभन्दा
फरक देखिने वितिकै भारतीय, पराई
ठान्ने मनोभावना गलत हो । हिमाल, पहाड, तराई, कोई छैन पराई भन्नको लागि उखान मात्र हो कि व्यवहार पनि ।
सवै जनतालाई देशको तीनै
भूगोल र त्यहाँका वासि बारे जानकारी न हुन सक्छ तर पढेलेखेका, वुद्धिजीवि तथा
राजनितज्ञहरुलाई थाहा हुदा हुदै पनि किन भेदभाव ?“तराईकी माताएँ किसान पैदा
करतीहै, उसका
काम है अन्न उव्जाना, पहाडकी
माताएँ हाकिम पैदा करती है, उसका
काम है हुकुम करना, शासन
करना” फर्मुलामंसुर
।
यो मनोभावना र व्यवहार
यहाँको मानिसमा रहुन्जेल एक अर्का वीच कटुता भई रहन्छ । यो मनोविज्ञान र
महेन्द्रवादी सोच कहिलेसम्म कायम राख्ने ? यसको कारण शासन सत्तामा
पहुँच, आफ्नो
मान्छे, नातावाद
कृपावाद र बेईमानी तथा शोसन गर्ने प्रवति हो ।
लेखक मधेशी निजामती कर्मचारी मञ्चका सचिव हुन् । साभार
लेखक मधेशी निजामती कर्मचारी मञ्चका सचिव हुन् । साभार
Comments
Post a Comment