अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहबान अन्सारी
नवलपरासी, १२ भदौ ।

नवलपरासीमा बिभिन्न ठाउँबाट नदिजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रवार रामग्राम नगरपालिका वडा नं. १२ स्थित झरही खोलामा अबैधरुपमा नदिजन्य पदार्थ मिस्कट,बालुवा उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका स्थित वडा नं. १२ तुरिया खोलाबाट अबैधरुपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी रामग्राम नगरपालिकाको कार्यालय बुझाएको छ ।

त्यसैगरी पाल्हीनन्दन गाउँपालिका वडा नं. ३ पिपरहिया स्थित झरही खोलाबाट अबैधरुपमा उत्खनन गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्याक्टर लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको ट्याक्टरलाई सिमा प्रहरी चौकी महेशपुर,ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कारवाहीको लागी पाल्हिन्दन गाउँपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवसपरासीका सुचना अधिकारी राजु लामाले बताए ।


Comments

Popular posts from this blog

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day