Posts

Showing posts from January 8, 2017

लाेकपाल (Ombudsperson) काे कार्य अनुभव एक टेलीभिजनमा

Image
नवलपरासीमा पाेषण लाेकपाल (Ombudsperson) भइ काम गरेकाे मेराे अनुभवमा अाधारित भइ न्युज 24 टेलिभिजनले लिएकाे अन्तर्वार्ता ।  प्रसारण गरिए पश्चात याे Talk show लाइ यूट्युबमा राखिएकाे छ । पुरा कार्यक्रम हेर्नका लागि तलकाे यस लिंकमा क्लिक गर्नुहाेस् । https://www.youtube.com/watch? v=DZc2cg-yv2E&t=273s

एलडिओ सरुवाको विरुद्धमा मोर्चा लगायत राजनीतिक दलहरु आन्दोलित

२४ पुष,२०७३ नवलपरासी नवलपरासीमा भर्खरै आएका एलडिओ जिवलाल भुषालको सरुवा रोकाउन, सरकारलाई दबाब दिनका लागि मधेशी मोर्चा, नेपाली कांगे्रस र नेकपा माओवादी नवलपरासीले आज परासीमा विरोध प्रदर्शन गरेको छ ।  बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी भुषालले  खोलाहरुको अनुगमन गरि अवैध नदीजन्य पदार्थहरु जफत गर्दै कराडांैको राजस्व चुहावट रोकेका थिए । ठेकेदारहरुले अवैधरुपमा स्टक गरेको ढुङ्गागिट्टी, बालुवा, जेसिभी, टिप्परहरु भुषालले नियन्त्रणमा लिई कार्वाही गर्न खोज्दा ठेकेदारहरु मन्त्रालयमा दौडधुप गरि भुषालको धादिङ्ग जिल्लामा काज सरुवा गराएका हुन् । भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडांैको स्टकहरु जफत र करोडांैकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषाल र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको स्थानीय विकास मन्त्रालयमा काज सरुवा गराएका हुन् । तालाबन्दी को क्रममा