एलडिओ सरुवाको विरुद्धमा मोर्चा लगायत राजनीतिक दलहरु आन्दोलित

२४ पुष,२०७३ नवलपरासी
नवलपरासीमा भर्खरै आएका एलडिओ जिवलाल भुषालको सरुवा रोकाउन, सरकारलाई दबाब दिनका लागि मधेशी मोर्चा, नेपाली कांगे्रस र नेकपा माओवादी नवलपरासीले आज परासीमा विरोध प्रदर्शन गरेको छ । 
बाँके जिल्लाबाट सरुवा भई नवलपरासी आएका स्थानिय विकास अधिकारी भुषालले  खोलाहरुको अनुगमन गरि अवैध नदीजन्य पदार्थहरु जफत गर्दै कराडांैको राजस्व चुहावट रोकेका थिए । ठेकेदारहरुले अवैधरुपमा स्टक गरेको ढुङ्गागिट्टी, बालुवा, जेसिभी, टिप्परहरु भुषालले नियन्त्रणमा लिई कार्वाही गर्न खोज्दा ठेकेदारहरु मन्त्रालयमा दौडधुप गरि भुषालको धादिङ्ग जिल्लामा काज सरुवा गराएका हुन् ।
भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट अवैध उत्खनन गरि स्टक गरिएको १६ लाख २ हजार ५ सय घनमिटर ढुङ्गागिट्टी बालुवा जफत गर्दै ओसारपोसार गर्ने २७ वटा टिप्पर, ३ वटा जेसिभी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएका थिए । करोडांैको स्टकहरु जफत र करोडांैकै सवारीसाधनहरु निलाम हुने अवस्था देखिएपछि ठेकेदारहरुले एलडिओ भुषाल र एलडिओलाई सहयोग गर्ने योजना तथा प्रशासकिय अधिकृत प्रकाश पन्थीको स्थानीय विकास मन्त्रालयमा काज सरुवा गराएका हुन् ।
तालाबन्दी को क्रममा ः प्रहरी र आन्दोलित पक्षमा तनाव
यसै घटनालाई लिएर मोर्चा र नेपाली कागं्रेस सहित नेकपा माओवादी ले समेत नवलपरासीेको सदरमुकाम परासीमा एक घण्टा चक्काजाम गरेका थिए । जिल्लामा भैरहेको राजस्व चुहावट रोक्न सक्रिय भएको स्थानिय विकास अधिकारी भुषालको ठेकेदारहरुले सामदाम दण्डभेद प्रयोग गरि धादिङ्ग काज सरुवा गराएपछि मोर्चाले सरुवाको विरोध गर्दै आज दिउसो परासी बजारमा एक घण्टा चक्का जाम गरेका हुन् । परासी बजारको बुद्धचोक स्थित विभिन्न नाराबाजी गर्दै मोर्चाले सवारीसाधनहरुलाई एक घण्टा रोकेका थिए ।
त्यस्तै विरोधमा उत्रेका मोर्चा, नेपालि कागं्रेस र नेकपा माओवादी को संयुक्त टोलीले आज जिविसको राजस्व शाखामा तालाबन्दी गरेको छ । राम्रो गतिमा काम गरिहेको स्थानिय विकास अधिकारी जिवलाल भुषालको अवैधानिक रुपमा काज सरुवा गराइएपछि सो को विरोध गर्दै तालाबन्दी गरिएको हो । तालाबन्दी गर्दा प्रहरीले हस्तक्षेप गर्न खोज्दा प्रहरी र मोर्चाबिच एकछिन तानातान  भएको थियो । तालाबन्दी गर्ने सिलसिलामा मोर्चाका कार्यकर्ता र प्रहरीबिच धकेलाधकेल तथा गालीगलौज समेत भएको थियो । कर्मचारीहरुकै समर्थनमा हामीले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम गरिरहदा प्रहरीले हामीलाई हस्तक्षेप गरेको मोर्चाको भनाई छ ।
त्यसैगरि स्थानिय विकास अधिकारी भुषालले आफ्नो ३२ दिनको कार्यकालमा गरेको कार्य सम्पादन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् । जिल्लाका विभिन्न राजनितिक दल र पत्रकारहरुको माझमा स्थानिय विकास अधिकारी भुषालले जिल्लाको विभिन्न खोलाहरुबाट जफत गरिएको नदीजन्य पदार्थहरु निलाम गर्ने प्रकृया अगाडी बढाइएको बताउनुभयो । भुषालले जिल्लामा अवैध चोरी निकासी नियन्त्रण गर्न समातिने प्रति जेसिबीलाई ५० हजार, प्रति टिप्परलाई २५ हजार र प्रतिट्याक्टर १५ हजार जरिवाना लगाईने पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।
सम्मेलनमा क्रसरहरुको अनुगमन गर्ने, खोलाहरुलाई ठेक्का प्रकृयामा ल्याउने, जिविसको बेरुजुहरु घटाउने, अवैधानिक रुपमा बाँडिएको योजनाहरु कार्यान्वय नगर्ने र कार्यालयलाई चुस्तदुरुस्त बनाउदै सेवालाई प्रभावकारी बनाउने नीति जिविसले अपनाएको थियो छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day