Posts

Showing posts from February 19, 2017

ट्रेड युनियन द्धारा जिल्ला जनस्वाथ्य कार्यालयमा काम ठप्प

Image
फागुन ८, नवलपरासी     स्वास्थ्य क्षेत्रका सिनियर अहेव तथा छैठौं स्तरका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आइतवार आज विहानदेखि कामकाज ठप्प पारी जिल्लाका स्वास्थ्यकर्मीहरुको टे«ड युनियनले नवलपरासीको जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएको छ ।     कर्मचारीहरुको उचित व्यवस्थापन गर्नका लागि स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुलाई पद व्यवस्थापन गर्नुपर्नेमा नेपाल सरकारले व्यवस्थापन नगरेको हुनाले आन्दोलित हुनु परेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष पारेश्वर भुर्तेलले जानकारी गराए ।        उनले विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ लाई २०७० साल चैत्र १२ गते परीमार्जन गरी स्वास्थ्य ऐन अनुसार दफा ९ ख मा पदस्थापन तथा सरुवा बढुवालाई व्यवस्थित गर्नुपर्ने थियो तर परीमार्जन हुनु भन्दा अघि तथा स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन गरिएन ।       नवलपरासी जिल्लामा आन्दोलनमा रहेका ५८ जना स्वास्थ्यकर्मीहरुले पद अनुसार काम नभएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.मो