ट्रेड युनियन द्धारा जिल्ला जनस्वाथ्य कार्यालयमा काम ठप्प


फागुन ८, नवलपरासी
    स्वास्थ्य क्षेत्रका सिनियर अहेव तथा छैठौं स्तरका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । आइतवार आज विहानदेखि कामकाज ठप्प पारी जिल्लाका स्वास्थ्यकर्मीहरुको टे«ड युनियनले नवलपरासीको जिल्ला जनस्वास्थ्य कार्यालयमा धर्ना दिएको छ ।
    कर्मचारीहरुको उचित व्यवस्थापन गर्नका लागि स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुलाई पद व्यवस्थापन गर्नुपर्नेमा नेपाल सरकारले व्यवस्थापन नगरेको हुनाले आन्दोलित हुनु परेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका अध्यक्ष पारेश्वर भुर्तेलले जानकारी गराए ।
       उनले विद्यमान स्वास्थ्य सेवा ऐन २०५३ लाई २०७० साल चैत्र १२ गते परीमार्जन गरी स्वास्थ्य ऐन अनुसार दफा ९ ख मा पदस्थापन तथा सरुवा बढुवालाई व्यवस्थित गर्नुपर्ने थियो तर परीमार्जन हुनु भन्दा अघि तथा स्तर वृद्धि वा तहमिलान भएका तर सो तहमा पदस्थापन भई नसकेका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन गरिएन ।
      नवलपरासी जिल्लामा आन्दोलनमा रहेका ५८ जना स्वास्थ्यकर्मीहरुले पद अनुसार काम नभएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा पृथ्वीचन्द्र अस्पतालका प्रमुख डा.मोहम्मद नुरुलहोदा मार्फत स्वास्थ्य मन्त्रालयलाई जानकारी समेत गराएका छन् ।
त्यस्तै विगतका समयमा छैठौँ तहका स्वास्थ्यकर्मीहरुसंग पद व्यवस्थापनका लागि गरीएको सम्झौता विपरीत मागलाई गोलमटोल गरीएकोले समयमा माग पुरा नभए आन्दोलन झन सशक्त बनाउने युनियनले जनाएको छ । धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले आजै देखि जिल्ला जनस्वास्थ्य कार्यालयमा सम्पुर्ण काम कार्यवाहीहरु ठप्प पारेका छन् ।
        त्यस्तै माग पुरा नभए प्लेकार्ड सहित जुलुस प्रदर्शन, जिल्ला स्थित पेशागत संघ संस्था, राजनैतिक दलहरु संग समन्वय गर्ने र स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने समेत युनियनले चेतावनी दिएको छ ।
पद व्यवस्थापन टे«ड युनियन संघर्ष समिति नवलपरासीमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, नेपाल स्वास्थयकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन र नेपाल स्वास्थ्यकर्मी युनियनहरुको संयुक्त सहभागिता रहेको छ ।

Comments

Popular posts from this blog

अबैध उत्खननमा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

सहमति विपरित काम भएकाले गण्डकमा पानी रोकेर आन्दोलन

Teacher's day