Posts

Showing posts from January 13, 2012

रामग्रामः एक चिनारी

Image
              कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको लुम्बिनी र नवलपरासीको कोलिग्राम प्राचिन बौद्ध साहित्यमा भगवान बुद्धको प्रसंगलाई लिएर बारम्बार चर्चामा आउने गरेको धार्मिक स्थल हो । यिनमा रहेका बिहार, स्तुप, चैत्य, तलाउ, पोखरी र नदीहरुको वर्णन पनि त्यहा गरिएको छ ।               भगवान गौतम बुद्धको ईतिहाससंग जोडिनुको पछाडि महत्वपुर्ण कारण तत्वहरु अहिलेपनि विद्यमान छन् । तुलनात्मक रुपमा पछाडि परेको नवलपरासीको कोलिग्राम अर्थात रामग्राम स्तुपको धार्मिक तथा सांस्कृतिक महत्वका साथै स्थानीयवासीन्दा यसका मूल्य र मान्यतासंग अगाध प्रेम राखेको पाईन्छ । नवलपरासी जिल्लाको सदरमुकाम परासीदेखि चार किलोमिटर दक्षिण पुर्वमा झरही खोलाको तिरमा अवस्थित छ, कोलिग्राम अर्थात रामग्राम स्तुप । उत्तरपटि बाझो चौर र आवादी खेतको बीचमा रामग्रामका स्तुपको अवशेष भनिने एउटा ढिस्को छ । यही ढिस्को मुख्य पहिचान हो । त्यही उम्रेको छ एउटा रुख । ढिस्को फलामे काडेतारले सुरक्षार्थ घेरिएको छ । केही समान्य उत्खनन भई अनुसन्धानका लागि पुनः जमिनमूनि पुरिएको छ । केही प्रमाणिक अवशेष पनि