Posts

Showing posts from November 12, 2012

के गर्दैछन् पत्रकारिता पढेकाहरु ...........?

Image
के गर्दैछन् पत्रकारिता पढेकाहरु ? 0 in Share    एउटा खुल्दुली मेरो मनमा छ । नेपालमा पत्रकारिता पढेर उर्तीण भई वा विदेशमा भूतपूर्व विद्यार्थीले आआफ्ना कार्यभूमिमा के पत्रकारिता पेसा नै अपनाएका होलान त ? के आमसञ्चारका सिद्घान्त प्रयोग गरिराखेका होलान त ? विगत साढे तीन दशकदेखि त्रिभुवन विश्वविद्यालयले पत्रकारिता विषयलाई उच्च शिक्षाको पाठ्यक्रममा स्थान दिन थाले पछि विगत दुई दशकदेखि अन्य विश्वविद्यालयअन्तर्गतमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस, कलेजहरुले पनि पत्रकारिता तथा आमसञ्चारको उच्च शिक्षा कार्यक्रम सञ्चालन गर्न थाले । त्यस्तै उच्च माध्यमिक शिक्षा परिषद्ले उच्च माध्यमिक अर्थात प्लस टु को तहमा पनि पत्रकारिता तथा आमसञ्चारको कार्यक्रम राखेको छ । तालिम केन्द्रहरु पनि खुलेका छन् । फलस्वरुप आज पत्रकारिता तथा आमसञ्चारका सिद्घान्त पढेका नेपालीको सङ्ख्या बाक्लै छ । लेखकः  लाल देउसा राई (यो लेख २०६९ भदौ ५ को अन्नपूर्ण पोष्टको मंगलबारे परिशिष्टांक शिक्षाबाट साभार गरिएको हो ।) मेरो खुल्दुली भनेको यी भूतपूर्व विद्यार्थीले पत्रकारिताको पेसा वा आमसञ्चारको सिद्घा