Posts

Showing posts from December 17, 2012

पासवर्ड भुल्नुहुन्छ कि ?

आधुनिक सूचना प्रविधिको समाजमा इन्टरनेटमा रहेका आफ्ना सामाग्री सुरक्षित राख्ने एकमात्र उपाय हो पासवर्ड । तपाइँको मेल होस् वा बैंक अकाउण्ट तथा कुनै विशेष इन्टरनेट साइटमा लग इन गर्नैका लागि किन नहोस् पासवर्ड जरुरी हुन्छ । यस्तो अवस्थामा तपाइँले आफ्नो अकाउण्ट सुरक्षित राख्न मात्र होइन आफ्नै लागि समेत आफ्नो अकाउण्टमा सजिलै प्रवेश पाउनका लागि यस्तो पासवर्ड छनोट गर्नु जरुरी हुन्छ जो सुरक्षित मात्र होइन तपाइँले झ्वाट्टै सम्भि m ने खालको होस् । लामो समयपछि आफ्नो इमेल अकाउण्ट खोल्न थाल्दा पासवर्ड याद नभएर फसाद परेको अनुभव सायद तपाइँ हामी धेरैलाई हुनुपर्छ । कहिलेकाहीँ पासवर्ड चोरी भएर कसैले तपाइँको इमेल अकाउण्ट ह्याक पनि गरेको छ होला । त्यसैले आफ्नो अकाउण्ट सुरक्षित बनाउन तपाइँको पासवर्ड यादगर मात्र होइन सुरक्षित पनि हुनुपर्छ । पासवर्ड सुरक्षित मात्र होइन नबिर्सिने खालका बनाउनका लागि तपाइँले यी जुक्ति लगाउनुपर्छ : सुरक्षित पासवर्ड छान्नका लागि तपाइँले आफ्नो मनपर्ने शव्द वा मनपर्ने संकेतलाई छान्नुहोस् र यी दुबैलाई जोडेर पासवर्ड तयार गर्नुहोस् । तपाइँले आफ्नो फेव

के तपाइलाइ थाहा छ ? कहां छ रामग्रामः

नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको १६ जिल्लामध्ये एक हो , नवलपरासी जिल्ला । यस जिल्लाको सदरमुकाम परासी बाजारमा छ । यहाबाट दक्षिणतर्फ चार किलोमिटरको दुरीमा झरही खोलाको तटमा पश्चिमतर्फ अवस्थित छ , रामग्राम स्तुप । सदरमुकाम परासीको नगरीय नाम पनि यसैको धार्मिक नामबाट राखिएको छ । रामग्राम नगरपालिकामा रहेको परासी बाजारबाट दक्षिणतर्फ एक पीच सडक गएको छ , जुन भारतीय सीमासम्म जाने गर्छ । परासीबाट दक्षिणतर्फ यस सडकमा चार किलोमिटर हिडेपछि उजैनी भन्ने गाउमा सडकमै भर्खरै बनेको बुद्ध प्रतिमा (स्तुप) छ । यहाबाट पुर्वतर्फ मोडिनुपर्छ । एक किलोमिटर भित्रै रामग्राम स्तुप रहेको छ । काठमाण्डौंबाट २३९ किलोमिटरको दुरीमा रहेको यस स्थानमा पुग्न निजी वा सार्वजनिक जुनसुकै सवारीसाधनबाट आफुले चाहेको जुनसुकै बेला पुग्न सकिन्छ । महेन्द्र राजमार्गले एउटै जिल्लामा ९९ किलोमीटर लामो दुरी तय गरेको जिल्ला एकमात्र नवलपरासी हो । जिल्लाको पुर्वी सीमाना मध्य नेपालको व्यस्त बाजार नारायणगढ नजिकै रहेको नारायणी नदीको पुलबाट पश्चिमतर्फ शुरु हुन्छ । रामग्राम स्तुप नारायणगढबाट झण्डै १०४ किलोमिटरको दुरीमा पश्चिमतर्फ अवस्थित छ ।